इनरुवा – सुनसरीका विभिन्न स्थानहरूमा आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ। व्रतालुहरूले सुनसरी जिल्लाका प्रमुख जलाशय र नदीहरूमा श्रद्धापूर्वक सूर्य देवतालाई अर्घ्य अर्पण गरेका छन्। भोकाहा नरसिंह गाउँपालिका स्थित सुकसेना शाखा नहर, सिद्धेश्वर पोखरी, सुनसरी खोलो, पोखरी, कृतिम पोखरी, बुढी खोला, टेङ्ररा खोला, गडन खोला, र शंकरपुर शाखा नहरजस्ता स्थानहरूमा आज विशेष भक्तिमय वातावरणमा पूजा सम्पन्न भएको हो।
सन् २०२२ मा बनेका पोखरी र कृतिम पोखरीहरूले यस वर्षको छठ पर्वलाई अझ भव्य र समृद्ध बनाएका छन्। स्थानीयवासीहरूले घाटहरूमा पूजा स्थलको सिंगार गरेर सूर्य देवताको आशीर्वाद प्राप्त गर्नका लागि अत्यधिक श्रद्धासाथ पूजा गरेका छन्। यस पर्वको महत्त्वले धार्मिक आस्थामा प्रगाढता ल्याएको छ भने, जलाशयहरूको संरक्षण र पुनर्निर्माणले गाउँ र नगरका विकासमा सकारात्मक प्रभाव पारेको छ।
आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना पश्चात्, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर छठ पर्व सम्पन्न हुनेछ। व्रतालुहरूले शारीरिक र मानसिक शुद्धता प्राप्त गर्न, सुख, समृद्धि र परिवारको कल्याणको कामना गर्दै सूर्य देवतालाई अर्घ्य अर्पण गर्ने परम्परा निभाइरहेका छन्।










Discussion about this post