मकै किसानले उचित मूल्य नपाएपछि यस वर्ष गहुँ खेतीमा जोड
इनरुवा । सुनसरीको मकै किसानहरुले गत वर्ष मकै खेतीबाट राम्रो आम्दानी गर्न नसकेका कारण यस वर्ष गहुँ खेती गर्न जोड दिएका छन् ।
गत वर्ष १ बिघा देखी ५ बिघा सम्म मकै खेती गर्ने किसानहरु यस वर्ष मकै लगाएको खेतमा गहुँ बाली लगाएको देवानगञ्जका स्थानीय किसान प्रमानन्द यादवले बताए । स्थानीय यादवका अनुसार मकै खेती लगाएको लागत समेत नउठेको कारण यस वर्ष गहुँ लगाएको उनले बताए ।
उनको भनाई अनुसार मकै खेती गर्न धेरै मेहनत गर्नुप¥यो । समयमा मल, बिउँ नपाउँदा पनि जेनतेन गरेर मकै उत्पादन गरे तर उत्पादन गरेको मकै सस्तो मूल्यमा मकै बेच्नुपर्दा आफुले गरेको मेहनत खेर गएको अनुभव भएको बताए ।
गत वर्ष मकै खेती गर्ने सिजनमा कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले गरिएको लकडाउनको प्रभावले गर्दा किसानलाई मकै खेतीमा हाल्ने रसायनिक मल भारतबाट महंगो मूल्यमा किनेर हाले तर खेतीमा लागेको पूजीँ समेत उठान सकिन् ।
‘हामी किसान न मर्न, न बौलाउन सक्ने अवस्थामा छौँ । मकै छर्दा लागत लाग्यो । त्यो लागत समेत उठाउन नसक्ने अवस्था छ’ यादवले भने–‘व्यापारी सँग ११ रुपैँया देखी २० रुपैयाँ किलो मकै बेच्नुप¥यो । त्यहीँ भएर यस वर्ष गहुँ खेतीलाई प्राथमिकतामा राखेको बताए ।
यता कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले भने मकै ब्लक भएको स्थानीय तहका किसानहरुलाई हामीले पूजीँगत तर्फ ५० प्रतिशत अनुदान पम्पसेट, थ्रेसर, पावर टेलर, स्प्रेयर समेत उपल्ब्ध गराएको बताए ।
त्यस्तै अर्का भोक्राहा नरसिंह गाउँपालिका मकै किसान रामनारायण यादव भन्छन् हामीले ‘मेहनतका साथ केही आम्दानी होला भनेर मकै खेती गरे तर मकै उत्पादन भएपछि सरकारले गरेको लकडाउनको असरका कारण मूल्य ह्वात्तै घट्यो’ उनले भने–‘१६ सय देखि बढीमा २ हजार रुपैँया क्वीन्टलसम्म मकै बिक्री भएको छ ।
मकैको बजार मल्यमा एकरुपता छैन । किसानको मकै व्यापारीहरुले फरक फरक मूल्यमा खरिद गर्ने गरेका छन् । ‘मकैको मूल्य समान नहँुदा यसको असर किसानलाई परेको छ । सोझा किसानलाई टाठा बाठाले मूल्यमा ठग्ने गरेका छन्’ यादवले भने–‘किसानसँग त्यतिबेला बाध्यता पनि थियो । लागत उठाउन भएपनि किसानले सस्तो मूल्यमा मकै बेच्ने गरेका थिए ।
Discussion about this post