इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधिनक कदमको विरोधमा प्रदर्शन गरेको छ ।
सरकारको असंवैधानिक कदमविरूद्ध बुधबार माघ ७ गते देशको सबै जिल्लाहरूमा भैरहेको दोस्रो चरणको अन्तिम दिन सुनसरी सदरमुकाम इनरुवामा पनि विरोध प्रदर्शन र विरोध सभा गरेको जसपा नेपाल प्रदेश नं. १ का सदस्य मनोज यादवले जानकारी दिए ।
जसपा नेपाल प्रदेश नं. १ का सदस्य यादवका अनुसार यसअघि जसपाले पुस २५, २७ , २९ र माघको ३ गते गरी मुलुकको ७७ जिल्लामा विरोध सभा आयोजना गरेको थियो ।
बुधबार सुनसरी सदरमुकाम इनरुवाको बसपार्कमा आयोजित विरोध सभाका प्रमुख अतिथी जसपा नेपालका केन्द्रीय कार्यकारीणी सदस्य महेन्द्र राय यादवले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरूद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पार्ने चेतावनी दिएका छन् । 
लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ । उनले भने न्यायमूर्ति ज्युहरू जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ । उहाँहरूले जुन आशयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ त्यसले आम जनमानसमा शंका उब्जिन थालेको बताएका छन् ।
जसपा नेपालको बिरोध कार्यक्रममा केन्द्रीय कार्यकारीणी सदस्य परशुराम बस्नेत, राजकुमार लेखी, केन्द्रिय सदस्य सन्तोश मेहता, चुन्नी खातु जिल्ला अध्यक्ष भगरिथ खत्वे, उपाध्यक्ष गुरुदेव यादव, सचिव प्रदिप कार्की लगायतका नेता तथा कार्यकत्र्ताहरुको उपस्थिती रहेको थियो ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post