चन्दन रौनियार / दुहवी । आवाज नेपाल दुहबी सुनसरीको आयोजना एंव दुहबी नगरपालिका वडा न.५ को सहयोगमा संचालित नया लघुउद्यमी महिलाहरुको व्यवसायिक सिपमुलक तालिम सम्पन्न भएको छ ।
पाँच दिने संचालन गरिएको मैनबती बनाउने तालिम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर सदस्य तथा वडा ५ सदस्य अनिता हलुवाईले सीप सिकेर आत्मनिर्भर हुनुपर्ने र सीपलाई व्यवसायमुखी बनाउनु पर्नेमा जोड दिईन ।
आवाज नेपालले दुहबी नगरपालिकाका महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न किसिमका सिपमुलक तालिमहरु समेत गर्ने गरेको छ । मैनबती बनाउने तालिमलाई प्रमिला चौधरीले सहजिकरण गरिन । तालिममा वडा न.५ का ३५ महिलाहरुको सहभागी थिए । कार्यक्रममा दुहबी नगरपालिका वडा न.५ की सदस्य अहिलिया बिक लगायतको सहभागी थियोे । अवाज नेपालका अध्यक्ष मेनुका खतिवडाको अध्यक्षता भएको कार्यक्रम संचालन कौसिला चौधरीले गरेकी थिइन ।
Discussion about this post