चन्दन रौनियार / सुनसरीको गढी गाउँपालिका दुई स्थित औरावनिमा सनिवार एक घरमा डोजर लगाई घर भत्काउदा चौधरी परिवारको बिचल्ली भएको सोमबार गढिमा पत्रकार समेल मार्फत पीडित परिवारले जानकारी गराईएका छन ।
पीडित परिवार देव नारायण चौधरीका अनुसार आफू सुकुम्बासी भएको र आफ्नो बाव पुर्खा सो एक कठ्ठा जग्गामा बसोबास गर्दै आईरहेकोमा जग्गा धनि फर्वाड माईक्रो फाईनन्सका केन्द्रिय कार्यलय दुहबीका सिईओ आसनारायण चौधरिले घर जग्गा खालि गर्न कुनै किसिमको जानकारी नगराईकन अचानक कोहि घरमा नभएको बेला मौका छोपि सनिवार दिनको करिब २ बजेको समयमा आसनारायण चौधरिले छोरा अतित चौधरी लगायत केही युवाहरूको समुह प्रयोग गरि घर माथि डोजर लगाई भत्काउदा पाँच तोला सुनको गहना सहित नगद ६०,००० हजार पैसा डोजर लगाउने क्रममा हराएको पीडित देवको आरोप रहेकोछ ।
उनका अनुसार आफु संग जगा जमिन नहुदा अचानक घर भत्काउदा आफु संग रहेको पाँचपरिवारको जाडोको समयमा बिचल्ली भएको दुखेसो पोखदै आफ्नो परिवारको बास स्थानको माग सहित उचित छतिपुर्ति उप्लबध गराई दिन हुन सबै सरोकार बाला संग पत्रकार समेलन मार्फत अपिल गरेकाछन ।
सो विषयमा जग्गा धनि आशनारायण चौधरि संग बुझदा सो जग्गा आफ्नो भएको र आफुले पटकपटक जग्गा खालि गर्न भनेपनि अटेर गरि उल्टै भन जादा आफ्नो छोरा अतित सहित परिवार लाई गाली बेजति पटकपटक गर्न थाले पछि छोरा अतितले घर भत्काउन लगाईएको बताए ।
Discussion about this post