• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विद्युत प्राधिकरणको स्मार्ट मिटर धमाधम जडान हुदैँ

थ्री फेस लाईनलाई पहिलो प्रथामिकता

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २८ गते, १८:०२ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
विद्युत प्राधिकरणको स्मार्ट मिटर धमाधम जडान हुदैँ
67
SHARES
Share on FacebookShare on Twitter

इटहरी । विद्युत प्राधिकरण इटहरीले आफ्नो थ्री फेज मिटर भएको ग्राहकलाई स्मार्ट बनाउने काम धमाधम अगाडी बढाएको छ । औद्योगिक र व्यवसायिक प्रयोजनमा थ्री फेज लाइन जोडेका ग्राहकको मिटर प्राधिकरणले स्मार्ट बनाउने काम तिब्र गतिमा अगाडी बढाएको हो ।

सबै थ्री फेज मिटरलाई स्मार्टमा रुपान्तरण गर्न काम सुरु भइसेकेको विद्युत प्राधिकरण इटहरीले जनाएको छ । हाल प्राधिकरणका मिटरहरु स्मार्ट नहुँदा समय–समयमा उद्योगीरव्यापारी र प्राधिकरणबीच महसुल विवाद उत्पन्न हुने गरेको छ । प्राधिकरणले खपतका आधारमा बिजुलीको बिल काट्ने गरेको दावी गरे पनि व्यवसायीहरुले अन्याय हुने गरी ‘बिलिङ’ भएको आरोप लगाउने गरेका थिए । अव त्यो विवाद हट्ने छ ।

अब कुन उद्योगले कुन समयमा कति परिमाणमा विजुली खपत र्गयो भन्ने सम्पूर्ण तथ्यांक रहने गरी स्मार्ट मिटर जोड्ने काम भईरहेको विद्युत प्राधिकरण इटहरीका प्रमुख सुरेन्द्रकुमार साहले बताए । इटहरीमा अहिले ९ सय ग्राहकको थ्री फेस मिटरलाई स्मार्ट मिटर बनाईसकेको बताउँछन । इटहरी प्राधिकरणको करीब १२ सय थ्री फेस लाईन ग्राहक मध्ये ९ सय ग्राहकको स्मार्ट मिटर जडान गरिसकेका छौ साहले भने ।

स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट घट्ने र बक्यौता पनि नरहने प्रमुख साह बताउँछन । ग्राहकलाई स्तरिय सेवा उपलब्ध गराउने गरी प्राधिकरणले कार्यालयबाटै मिटर रिडिङ गर्न सक्ने प्रविधियुक्त स्मार्ट मिटर जडानको काम अघि बढाएको हो । ६० दिन सम्म विद्युत महसुल नतिरे स्मार्ट मिटरले आफै लाईन काट्ने र पैसा तिरे पछि आफै लाईन सुचारु हुने छ ।

स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिल मापन गर्नसक्छ । एपमार्फत ग्राहकले विद्युत सम्बन्धी विवरणसमेत पाउन सक्नेछन ।स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता रहदैन विद्युत प्राधिकरण इटहरीका सुपरभाईजर रितेश झाले भन्छन् । हामी सबै मिटरहरुलाई डिजिटल बनाउने अभियानमा लागेका छौ झा भन्छन् ।

करोडौ बक्यौता उठ्न बाँकी 

विद्युत प्राधिकरण इटहरीले ग्राहकहरुबाट करोडौ रुपैयाँ विद्युत महसुल उठाउन बाँकी छ । प्राधिकरणले अहिले सम्म ९ करोड ४० लाख रुपैयाँ बक्यौता उठाउँन बाँकी रहेको विद्युत प्राधिकरण इटहरीले जनाएको छ । प्राधिकरणलाई समयमै पैसा नतिर्नेमा सरकारी कार्यलय देखि उद्योगी ब्यापारी सर्वसाधरण सम्मले महसुल बुझाएको छैनन ।
इटहरी प्राधिकरणमा लामो समय देखि बक्यौता बढ्दै गएको भन्दै तत्काल विद्युत महसुल बुझाउन उर्दि जारी गरेको छ । लकडाउनको समयमा धेरै ग्राहकले शुल्क नबुझाउदा बक्यौता बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ताकेता गर्दा समेत विद्युत महसुल नबुझाएको भन्दै बक्यौता उठाउँन ताकेता गर्ने थालेको प्राधिकरण इटहरीका प्रमुख सुरेन्द्रकुमार साहले बताए ।

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय उपकरण हो । यो उपकरण टु वे कम्यूनिकेसन अर्थात दोहोरो सञ्चार प्रणालीमा आधारित हुन्छ ।

ग्राहकले खपत गरेको बिजुलीको तथ्यांक ‘डाटा सेन्टर’मा हरेक पलमा आउने र त्यसको बिलिङ लगातार भइराखेर ग्राहकसम्म पठाउने गरी यो प्रणालीमा जडान हुन्छ । यस्तो डाटा रेडियो फ्रिक्वेन्सीमा आधारित भएर सञ्चार गरिन्छ ।

प्राधिकरणको केन्द्रीय प्रणालीले हर समयमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले विल तिरेकोरनतिरेको पनि प्राधिकरणले कम्प्युटरमै बसेर हेर्न सक्छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले विना झन्झट विजुली खपतका तथ्यांक हेर्न सक्छन ।

स्मार्ट मिटरिङ लागू भएपछि विद्युत प्राधिकरणमा बिजुली खपतको तथ्यांक ‘रियल टाइम’ मा आउँछ । उपाभोक्ताले पनि दैनिक आफ्नो बिल कति उठिरहेको छ भनेर मिटरमै हेर्न सक्छन । दैनिक कति बिजुली उपयोग भइरहेको छ भन्ने विवरण प्राधिकरणमा पनि आउँछ भने उपभोक्ताले मिटर हेरेरै जानकारी लिन सक्छन।

Tags: धमाधम जडान हुदैँविद्युत प्राधिकरणस्मार्ट मिटर

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist