इनरुवा । सुनसरीको कोशी कटानमा राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । कोशी गाउँपालिकाको कार्यालय र इनरुवाको सृष्टी समाजले कोशी कटानमा प्रतियोगिता संचालनको तयारी थालेको छ ।
प्रतियोगिता फागुन २ र ३ गते संचालन हुनेछ । आयोजकले तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता संचालनमा ल्याउन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक बशन्त सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको सहभागिता रहने छ । आयोजकले प्रतियोगितामा अघिल्ला संस्करण सरह राष्ट्रिय खेलाडीको बाहुल्यता रहने जनाएको छ ।
यता सो कुस्ती प्रतियोगितामा प्रदेश नं. १ बाट २ जना महिला र २ जना पुरुष गरी ४ जनाको सहभागीता रह्ने बताएको छ ।
प्रदेश नं.१ को झापा जिल्लाबाट ८६ केजी हकमा मो. नौसाद, ६५ केजीको हकमा मोरंगबाट रेनुका राजबंशी सहभागी हुनेछ भने सुनसरी जिल्लाबाट ७० केजी हकमा भोक्राहा नरसिंह वार्ड नं. ७ का कुस्ती खेलाडी महेन्द्र यादव(गूल्ली) र ५५ केजी महिलाको हकमा इनरुवा नगरपालिकाबाट राधा खत्वे प्रतियोगीतामा सहभागी हुने राष्ट्रिय कुस्ती खेलाडी कपवदेव यादव जानकारी दिए ।
कुस्ती प्रतियोगीतामा ७ वटै प्रदेशका २० महिला र २० परुष गरी ४० जनाको सहभागीता जनाउने आयोजक संस्थाले जानकारी दिए ।
Discussion about this post