सुरेन्द्र मेहता- भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिका वडा नं. २ मा श्रीपन्चमी अर्थात सरस्वती पुजाको अवसरमा सान्सकृतिक कार्यक्रम सम्पन्न भएको छ ।
वडा न २ को पशुपति विधालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम प्रदीप मेहताको अध्यक्षतामा सुरु भएको थियो । भने कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले उद्घाटन गर्नुभएको थियो ।
धर्म ,साँन्सकृतिक संरक्षण तथा स्थानीय स्तरमा भएका कला ,प्रतिकला प्रस्तोतनका साथै पुजाको अवसरमा मनोरञ्जनका , लागि कार्यक्रम गरिको थियोे ।
कार्यक्रममा विभिन्न भाषाका नेपाली ,हिन्दी , मैथिली ,भोजपुरी भाषाका नृत्य तथा रेकर्डिङ डान्स , सामाजिक , धार्मिक , सान्सकृतिक झाकी स्थानीय युवा तथा बालबालिकाहरु द्वरा प्रस्तुत गरिएको सान्स्कृतिक कार्यक्रमका आयोजक टिमका व्यवस्थापक कुमार दहालले बताएका छन।
स्वागत मन्तव्यमा पालिका अध्यक्ष महेन्द्र यादवले जन सभा लाई सम्बोधन गर्दे कार्यक्रम हेरेर खुशी व्यक्त गर्दे आयोज टिम लाई धन्यवाद सहित आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाका कार्यक्रमका उधोषक श्रावण मण्डलले बताए थिए ।
नृत्य तथा झाकी प्रस्तुत गरेका सम्पुर्ण युवा तथा बालबालिकाहरु लाई मायाको चिनो दिई अबिरको टीका लगाइ सम्मान गरेका कार्यक्रमका सचिव राजेश कुशवाहाले बताए ।
कार्यक्रमका अतिथिहरुमा पालिका वडा न २ का वडा अध्यक्ष आलम अन्सारी,सुखसेना नहर शाखा अध्यक्ष शुकदेव मेहता, भोक्राहा नर्सिङह नेपाली काङ्ग्रेस सभापति युवराज दहाल , नेकपा पालिका अध्यक्ष राम कुमार मेहता,कलाकार तथा गायक प्रकश अनुराग, पशुपति विधालयका प्रअ पवन कुमार मेहता ,शिक्षक पर्मेश्वर मेहता , सेन्ट रेबर्टका स्कुलका उमेश मेहता , जय प्रकाश ठाकुर ,समाज सेवि श्याम देव मेहता ,जागेश्वर मेहता राजा राम मेहता,प्रविन मेहता लगायत ६ सय भन्दा बढी गाउँ बासी मानिसहरुको उपस्थित रहेको थियो ।
Discussion about this post