इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काग्रेँस क्षेत्रिय समितिले वाँडेको कम्बल र झुल नेपाल रेडक्रस सोसाईटिको लोगो भएको रहेको फेला परेको छ । गाउँपालिकाका आपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरेको कम्बल र झुलमा नेपाल रेडक्रस सोसाईटिको लोगो भएको रहेको फेला परेपछि नेपाली काग्रेंसको फटाही उदागों भएको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका भरीका एक सय ३९ जनालाई मात्रै वितरण गरेकोमा पार्टीले ४१० जना अपांगता भएका व्यक्तिहरु र विपन्नलाई नेपाली काग्रेंस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रिय समितिले कम्बल र झुल वितरण गरेको झुठो प्रचारबाजी गरेको घटना सेलाउन नपाउदै पार्टीले रेडक्रसको लोगो भएको कम्बल विरण गरेको फेला परेको छ ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितको उपस्थितीमा भोक्राहा नरसिंहका ८ वटै वडाका सबै खाले अपागंता भएका व्यक्तिहरु र विपन्नहरुलाई फागुन ५ गते कम्बल र झुल वितरण गरेको थियो । त्यसमा सबै कम्बलमा रेडक्रसको लोगो भएको फेला परेकाले त्यसमा पार्टीले सस्तो लोकप्रियताका लागि पटाही गरेको पाइएको हो । कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई भ्रममा पार्न र समाजिक सेवा गर्ने संस्था रेडक्रस समेतलाई आर्थिक प्रलोभनमा पारेर जगेडामा रहेको गुणस्तरहिन कपडा र कम्बल वितरण गरेर पार्टी र पदको समेत दुरुपयोग गरेको एक काग्रेंसी कार्यकर्ताले बताए । फागुन ५ गते बुधबार भोक्राहा नरसिंह ४ को वडा कार्यालयको परिसरमा विहान ८ बजे सहभागी बोलाएर दिउसो १ बजे मात्रै निवर्तमान सासद कार्की , प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोईराला, इनरुवा नगर प्रमुख राजन मेहता र पार्टीका क्षेत्रिय सभापती तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी सहितको नेता तथा जनप्रतिनिधिले एक कार्यक्रमबीच झुल र सोही संख्यामा कम्बल वितरण गरेका थिए । सो कार्यक्रममा अपांगता भएकाहरुका लागि जाडोबाट बच्न एक एक थान कम्बल र मच्छर (लामखुट्टे) बाट बच्न एक÷एक थान झुल वितरण गरिएको दावी गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पार्टीमा प्रवेश गराउनका लागि मनोबैज्ञानिक दबाब दिन फर्जी काम गरेको स्थानीय युवा नेता रमेश कुमार यादवले बताए । यसअघि पार्टीका नेता तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अंसारीले अपांगताको पक्षमा काग्रंस गरेको जानकारी दिएका थिए । तर हप्ता नलाग्दै आफूहरुले लाभग्राहीकोमा अनुगमन गर्दा काग्रेंसको पटाही कार्यको फेला पारेको यादवको भनाई छ । एक वडा सदस्यले समेत काग्रेंसको कार्की गुटले फटाही गरेर समग्र काग्रेंसको बदनाम गरेको प्रतिकृया दिए । उनले पार्टीको लागो बेचेर जनतालाई भ्रममा पार्ने काम गरेको बताए ।यता पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर काकीले भने आफुले वितरण गरेको कमल र झुलमा कुनै पनि लोगो नरहेको दाबी गरे ।
Discussion about this post