इटहरी – इटहरी स्थित विराटनगर–धरान सडक खण्डअन्तर्गत इटहरीमा ६ लेन सडक निर्माणको काम ढिलासुस्ती भएको भन्दै स्थानीयले आपत्ती जनाएका छन ।
काममा ढिलासुस्ति गरेकै कारण आफ्नो व्यवसायमा असर परेको भन्दै मंगलबार विराटनगरलाइनमा व्यवसाय गर्ने व्यवसयीहरुले बाँसको बार लगाएर सडक अवरुद्ध गरे ।
धुलोले गर्दा ग्राहक नै आउँदैनन् । यस्तो अवस्थामा हामीले नगरपालिकालाई कर कसरी तिर्नु रु घर भाडा कसरी तिर्नु रु व्यापारीको प्रश्न छ ।
सडकमा दिनमा चार पटक पानी हाल्नुपर्यो व्यापारी सरोज श्रेष्ठले भने ।होइन भने हामी भोलि फेरि दुवैतर्फ बाटो अवरुद्ध गर्छौँ ।’ उनले यो समस्याले व्यापारसँगै मानव स्वास्थ्यमा पनि प्रभाव पारेको बताए ।
वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपानेले आफूहरुले स्थानीयको समस्यामा हातेमालो गर्दै आएको जानकारी दिइन् । ‘यो जुन काम भइरहेको छ, यसले स्थानीयसँगै हामीलाई पनि मार परेको छ । र, यसको विषयमा हामीले बारम्बार पहल गरिरहेका छौँ उनले भनिन ।
विराटनगरलाइनको राधाकृष्ण मन्दिरअगाडि एकतर्फी बाँसको बार लगाएर बाटो अवरुद्ध गरेपछि सवारीसाधनहरु इटहरी चौकबाट बीपी चौक क्षेत्रमा झण्डै एक घण्टा चक्का जाम भएको थियो ।
Discussion about this post