इटहरी – इटहरी ६ गोल्डेन चोकमा लहरी र मोटरसाइकल ठोक्किदाँ एकजनाको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना ७ ख ८४८९ नम्बरको लहरी र बिपरीत दिशाबाट जादै गरेको को ३६ प ३८५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते भएका चालकलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लहरी चालक बाराको कलैया ५ का ३२ बर्षीय कपिल देब यादब ईलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् ।
Discussion about this post