इनरुवा । सुनसरीको इटहरी चौक पश्चिम पकली, इनरुवा हुदैँ कोशी ब्यारेज सम्म २५।२५ मिटर खाली गर्न सडक डिभिजन कार्यालय बिराटनगरले सूचना जारी गरेको छ ।
सडक विस्तार गर्नुपर्ने भएकाले राजमार्गको दुबै साइड बनेको संरचनाहरुलाई १५ दिन भित्र खाली गर्न (सडकको क्षेत्राधिकार) सडक डिभिजन कार्यालयले १५ दिने अल्टिमेटम दिएको हो ।
सडक विस्तारको क्रममा इटहरी चोक देखि कोशी ब्यारेज सम्म साडे ८२ मिटर सडर छुट्याउने अभियान सडक डिभिजनले थालेको हो । उक्त सडक छुट्याउने हुदाँ इटहरीकोे मुख्य चोक देखि पश्चिम लाईनका धेरै घरहरु भत्कने छन । त्यस्तै रामधुनी नगरपालिकाको मुख्य बजार सँगै इनरुवा बजारमा रहेका केही पसल संचालकहरुलाई समेत धक्का पुग्ने भएको छ ।
पूर्व पश्चिम हाईवेलाई व्यवस्थित गर्ने सरकारले सडकलाई फराकिलो बनाउने नीति ल्याएको छ । सोहि अनुरुप इटहरी देखि कोशी ब्यारेज सम्मको हाईवे छुट्याउन सडक डिभिजन बिराटनगरले गत १३ गते नै सुचना प्रकाशित गरेको छ । १५ दिन भित्र सडक भित्र बनेको संरचना नहटाए कानुन अनुसार सडक डिभिजनले नै भत्काईदिने सुचनामा उल्लेख गरेको छ ।
२०२१ सालमा जारी भएको राजमार्ग (निमार्ण व्यवस्था) ऐनले २५–२५ गजसहितको सडक सीमालाई अद्यावधिक गरेको थियो ।
Discussion about this post