• pradeshpoint
  • Pradeshpoint
Tuesday, May 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मेची लोकमार्गस्थित माईखोला – राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएन्

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन १६ गते, १९:२४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, मुख्य पाना, स्थानीय खबर
मेची लोकमार्गस्थित माईखोला – राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएन्
60
SHARES
Share on FacebookShare on Twitter

भगीरथ भण्डारी –

इलाम / इलाम नगरपालिकामा पर्ने साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गस्थित माईखोला – राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएको छैन ।

डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१-७२ मा ६ करोड रूपैयाँमा नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको ठेक्का लगाएको थियो । बल्लतल्ल मर्मत सकिए पनि भत्किएर पुनः सडक भास्सिने क्रम रोकिएको छैन । बारम्बार सडक भास्सिएपछि राजदुवालीे एङ्करिङ अर्थात् रड र सिमेन्टको घोला प्वालबाट पठाएर जमिनमुनि पक्की बनाउने काम गरिएको थियो ।

बाटोका तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राबेल भर्ने, तारजालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीले काम त सक्यो तर सडकको अवस्था झन् कुरूप बन्दै गयो ।

पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक मेची लोकमार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो । यसले माटो भास्सिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट रोक्ने भनिए पनि टिक्न सकेन । एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारेर त्यसमा ३२ एमएमको फलामका चार–चार मिटरको रडलाई सकेटको माध्यमबाट जोड्दै हावाको दवाबमा सिमेन्टको घोला र केमिकल फलामको पाइपमार्पmत् गरिएको थियो । भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएपछि त्यसलाई बाहिरको प्वालसम्म जमाएर जम्मा एक सय ८२ वटा प्वालमा गरिएको भए पनि त्यसले काम नगरेपछि सडक झन् कुरूप बन्न थालेको हो ।

ठूलो रकम खर्चेर सडक मर्मत गरे पनि राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर कालोपत्रे सडकखण्ड लथालिङ्ग बनेको छ । कालोपत्रे भत्केर ठूल्ठूला खाल्डा परेको छ भने सडक भास्सिएर कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग नै बिग्रिँदा लोकमार्ग एकतर्फीजस्तो मात्रै भएको छ । कालोपत्रे जीर्ण हुँदा सवारी साधन दुर्घटनाको जोखिम भएको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष ग्रिस्म सुब्बा बताउँछन् । यसबारे कार्यलयलाई पटक–पटक भन्दा पनि चासो नदेखाएको उनको भनाइ छ । सडकका खाल्डाखुल्डीमा ठोक्किएर धेरै गाडीका ट्याङ्की कुचिने र विशेष गरी मोटरसाइकल बढी दुर्घटना हुने गरेको सुब्बाले जनाए ।

माईखोला–गोलाखर्क भञ्ज्याङ खण्डका करीब आधा दर्जन स्थानमा वर्षौंदेखि सडक भत्किएको छ । मर्मतका लागिमात्र करोडौँ रूपैयाँ खर्च भइसकेको छ । ५ करोड हाराहारी रकम खर्चेर गरिएको ‘रक’ एङ्करिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ । जिल्लाबाट जितेका नेता देशकै ठूलो ओहोदामा पुगे पनि इलामको एउटा सडक मर्मतसम्म गर्न नसकेको स्थानीयको गुनासो छ ।

सडक कार्यालयले भने बिग्रिएको राजदुवाली–भञ्ज्याङ सडकखण्डको मर्मतमा लागेको ठेक्काअनुसार काम भइरहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार यादवले मुख्य दबिएको ठाउँमा एङ्करिङ गरिए पनि सडक दबिने क्रम नरोकिएका कारण त्यसलाई मर्मत गरेर सडक काम चलाउने बताए । उनका अनुसार ठेक्का पनि लागिसकेको छ ।

सडक जति मर्मत गरे पनि जोखिम घट्ने छाँट देखिँदैन । मर्मतका लागि राज्यको करोडौँ रूपैयाँ खर्च भए पनि भास्सिने क्रम नरोकिएपछि रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छ । २०५३ सालमा भास्सिन शुरु गरेको सडकको माईखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको हुँदा जोखिम बढेको हो ।

Tags: माईखोलामेची लोकमार्गराजदुवालीसडक भास्सिने

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist