मोरङ / पूर्वपश्चिम लोकमार्गस्थित मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा हायस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस मध्यराती करिब १ बजेतिर ठोक्किदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–११ का २१ वर्षीय अर्जुन न्यौपाने र पछाडि सवार २१ वर्षीय मनोज कटवालको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा राती नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गम्भीर घाइते भएका हायस चालक काठमाण्डौका २८ वर्षीय गणेश थापा र सहचालक बेलबारी निवासी १८ वर्षीय उत्सव गरीको विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बिराटचौकको नियन्त्रणमा रहेको छ ।
दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीको भनाई छ ।
Discussion about this post