• pradeshpoint
  • Pradeshpoint
Wednesday, February 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लैंगिक हिंसा विरुद्धको आवाज सहित १११ औँ नारी दिवस मनाइयो

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन २४ गते, १८:२८ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, स्थानीय खबर
लैंगिक हिंसा विरुद्धको आवाज सहित १११ औँ नारी दिवस मनाइयो
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा सोमबार महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार सहित १११ औँ नारी दिवस मनाइएको छ ।
१११ औँ नारी दिवस कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताको अध्यक्षता तथा संविधान सभा सदस्य सविता देवी यादवको प्रमुख आथित्यता भएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मेहताले भनिन् नेपाली नारीहरु माथी २१ औँ शताब्दीको यो वैज्ञानिक युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा र गरिबीका कारण महिलाहरुमाथी विभेद बढ्दैँ गएको बताइन् ।
उनले भनिन् विभेदपूर्ण कानुनका कारण देशको विभिन्न ठाउँमा जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहारका कारण नेपाली महिला दिनानुदिन पिडित बन्दैँ गएपनि सरकार उदासिन रहेको बताइन् ।
एक हातले ताली बज्दैँन, नेपाली उख्खान टुक्का भने जस्तै हाम्रो समाज एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी पुरुष समान रहेको भन्दै भोक्राहा नरसिंह गाउँपालिका पछिल्लो समय महिला मैत्री बन्दैँ गएको उनले कार्यक्रममा उद्धघोष गरिन् ।
त्यस्तै कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादवले भने प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज सोमबार गाउँपालिकामैँ एक कार्यक्रमको आयोजना गरी मनाएकोमा खुशी व्यक्त गरे ।
वडाध्यक्ष यादवले भने महिलाहरुको सशक्तीकरणका लागि भोक्राहा नरसिंह गाउँपालिकाका सम्पुर्ण महिलाहरुलाई एकजुट भएर अगाडी बढ्नुु पर्ने बताए ।
उनले भने हाम्रो समाजमा नारीलाई विद्याकी देवी लक्ष्मी, सरस्वती र शक्तिकी देवी दुर्गा भनेर पूजा गर्ने महिलालाई भने पुरुष समान व्यवहार अझैँ गर्न नसकेको बताए ।
नारी दिवस कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का वडाध्यक्ष हारुण अंसारी भने महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु पर्ने बताए ।
यता सो कार्यक्रमकी प्रमुख अथिती सविधान सभा सदस्य सविता यादवले भने नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेपनि हाल सम्म महिला हिंसा नरोखिएको प्रति आफु दुखी रहेको बताईन् ।


संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था गरेपनि व्यवहारगत रुपमा हुने हिंसालाई नियन्त्रण गर्न मुलुकी फौजदारी अपराध संहिता २०७४ मा महिला विरुद्धका कसूरलाई जघन्य कसूरको रुपमा स्थापित भएपनि महिला अझैँ सुरक्षित हुन नसकेको बताइन् ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी भने तराई मधेशमा पछिल्लो समयमा बढ्दै गइरहेको महिला तथा बालिका विरुद्धका जबरजस्ती करणी सम्बन्धी कसूर साथै करणी पश्चात क्रुर यातना दिई ज्यानै लिने अपराधले प्रत्येक महिलालाई जीवन जिउने सन्दर्भमा महिलाहरु माथी त्रासको वातावरण सृजना भएको बताए ।
महिलाहरुलाई हुने त्रास नियन्त्रण गर्ने कार्यकारी निकाय, नियमन गर्ने नियामक निकाय र न्याय दिलाउने स्वतन्त्र, स्वच्छ एवं सक्षम न्यायपालिका हुँदाहुँदै पनि दिनहुँजसो घट्ने लैंगिक एवं यौन हिंसा विरुद्धका कसूरमा राज्यको यथेष्ठ ध्यान पुग्न नसकेको जिकिर गरे ।
हाम्रो समाजमा घट्ने कतिपय यस्तै घटनाहरु त पीडितले आप्नो इज्जत, डर, प्रतिष्ठा र धम्कीको कारण लुकाई छिपाई राखि सार्वजनिक गर्न नसकेको बताए ।
सार्वजनिक भएका कतिपय घटनाहरुमा वास्तविक अनुसन्धान नहुनु, दोषी पनि जमानत तथा धरौटीमा छुट्नु तथा अन्तिम फैसलामा उन्मुत्ति दिई सफाई दिँदा यी र यस्ता घटनाले थप प्रश्रय पाउने अवस्थाको विद्यमानता निर्विकल्प भएको बताए ।कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी प्रशासन शाखा प्रमुख बसन्त प्रभा खनाल, रोजगार संयोजक शोभा मेहता, राजश्व शाखा प्रमुख टिका देवी पौडेल, कृषि शाखा प्रमुख रेनुका चौधरी, महिला विकास शाखा प्रमुख तुलसा निरौला लगायतका विभिन्न सामुदायीक तथा धार्मिक स्कुलका विद्यार्थी, शिक्षक तथा गाउँपालिकामा कार्यत्तरक्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Tags: १११ औँनारी दिवसलैंगिक हिंसाविरुद्धको आवाज

Related Posts

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
FEATURE

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
0

काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
FEATURE

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
0

इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव...

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist