इनरुवा । सुनसरीको लौकहीमा उद्योगी तथा व्यवसायीहरुको पेशागत संस्था उद्योग वाण्ज्यि संघ लौकहीको अध्यक्ष पदमा रामनारायण पौदारलाई पराजीत गर्दै विशेश्वर प्रसाद गुप्ता बिजयी भएको छ ।
उद्योग वाण्ज्यि संघ लौकहीको अध्यक्ष पदमा गुप्ताले एक सय २० मत ल्याएर जित हासिल गरे । उनको प्रतिद्धन्द्धी रामनारायण पौदारले ९७ मत ल्याएर पराजीत भएको छ । सम्पन्न भएको निर्वाचनमा दुई सय ३८ मतदाता रहेकोमा दुई सय १९ मतदाताले मतदान गरेका थिए । जसमा दुई मत बदर भएको निर्वाचन समितिको संयोजक गिरीराज अटलले जानकारी दिए ।
त्यसैगरी सचिव पदमा रोशनी कुमारी मेहता(यादव) ले एक सय २२ मत ल्याएर निर्वाचित भएको छ । उनका प्रतिवद्धन्द्धी सत्यवान मण्डल(सुमन)ले ९५ मत ल्याएर पराजित भएको छ । साधारण सभा भएको दिन अध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि सोमवार निर्वाचन मितिको घोषणा गरिएको थियो । सोही अनुसार उद्योग वाणिज्य संघ लौकहीको अध्यक्ष र सचिव पदमा निर्वाचन भएको र अरु पदहरुमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचित भएका अध्यक्ष गुप्ताले लोकतान्त्रिक पद्धतिबाट आफू बिजयी भएकोले सबै मतदाताहरुलाई धन्यवाद दिएका दिए । वाणिज्य संघमा आवद्ध रहेका व्यापारीहरुको हक अधिकारका लागि आफूले निस्वार्थ भावनाले काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । व्यापारीहरुको विश्वासलाई कुठरघात नगर्ने र सदैव यस क्षेत्रका व्यापारीहरुको आवाज बन्ने उद्घोष समेत उनले गरेका छन् ।
उपाध्यक्ष पदमा चन्दन कुमार यादव निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्षमा विनोद कुमार यादव चयन भएका थिए । सदस्यहरुमा अर्जुन मेहता, दिलिप झा, दानालाल यादव, नारायण साह, प्रमोद कुमार साह, राजिव प्रसाद गुप्ता, लक्ष्मीनारायण सरण निर्बिरोध निर्वाचित भएकोे निर्वाचन समितिले जनाएको छ ।
Discussion about this post