इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी पार्टी कार्यालय पुनः आफ्नै घरमा फिर्ता भई उद्घाटन गरिएको छ । आईतबार सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिए पछि दुवै पार्टी अलग अलग रुपमा कार्यालय सञ्चालन गर्ने प्रक्रियामा नेकपा एमाले पार्टी कार्यालय सुनसरी पनी पूर्वतः रुपमा संचालन गर्न उद्घाटन भएको हो । सुनसरीको सदमुकाम इनरुवामा रहेको नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरिएपछि नेकपा एमालेले पुनः कार्यालय उद्घाटन गरेको छ । उक्त पार्टी कार्यालय विगतमा पनि नेकपा एमालेको पार्टी कार्यालय थियो । खारेज भएको नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने फैसला अनुसार अघि बढ्ने निर्णय गरिएको तत्कालिन एमाले अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा कार्यालयमा नेकपा एमाले उल्लेख गरेको बोर्ड विहान राखिएकोमा दिउँसो ओली नेतृत्वको समूहका रेवतीरमण भण्डारीको नेतृत्वमा उक्त बोर्ड हटाएर अर्को पार्टीको बोर्ड राखिएको छ । एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी, प्रदेश १ का पर्यटन मन्त्री जगदिस कुसियैत लगायतको उपस्थितिमा पार्टी कार्यालयको बोर्ड राखिएको हो । पार्टीको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी भएको ओली पक्षको दावी छ ।
नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो । सुनसरीमा २०७६ जेठ ६ गते जिल्ला कमिटी गठन भएपछि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको भएको थियो । तर, फागुन २३ गते सर्वोच्चले सत्तारुढ नेकपालाई वदर गर्दै ऋर्षि कट्टेलको नेकपालाई आधिकारिता दिएको थियो भने साविककै नेकपा एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि राजनीतिक उथलपुथल भएको छ । माधव प्रचण्ड समुहले हिजो साविक एमाले र माओवादी केन्द्रमा रहन निर्णय पछि पार्टी कार्यालयहरुमा बोर्ड राख्न थालिएको हो ।
उता अदालतको फैसला कार्यन्वयका लागि बोर्ड राखिएको तत्कालिन एमाले जिल्ला अध्यक्ष रमेश बस्नेतले जानकारी दिए । ‘अदालतको फैसालाअनुसार साविक कमिटी सकृय हुन्छन् नेतृत्व हेरफेर केन्द्रको निर्देशनमा पछि मात्र हेरफेर गर्न सकिन्छ । बस्नेतले भने ।
२०७५ जेठ अघि एमाले र माओवादी केन्द्रको साविक कमिटीलाई मान्यता दिने गरि सर्वोच्चले फैसाल गरेको थियो । योसँगै एमाले भित्र ओली गुट र माधव नेपाल गुट विच किचलो पनि सुरु भएको छ ।
Discussion about this post