गुल्मी – अवैध भरुवा बन्दुकको गोली हानी एकजनाको हत्या गर्ने युवकलाई प्रहरी पक्राउ गरेको छ। गत माघ ३ गते अवैध हतियार प्रयोग गरी रेसुङ्गा नगरपालिका–१४ का ४७ वर्षीय तुलबहादुर विकको हत्या गर्ने गुल्मीदरवार गाउँपालिका–१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको हो।
घर्तीले गुल्मीदरवार गाउँपालिका–१ ओरेवा खोलामा घाँस काट्न गएका विकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० गोपालचन्द्र भट्टराईले बताए।
हत्या पछि गाउँमै रहेका घर्तीलाई ५७ दिनपछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। घर्तीले सिकार खेल्ने क्रममा बन्दुक प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ। अभियुक्त घर्तीको बयानकै आधारमा आइतबार नै अनकन्टार जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक पनि प्रहरीले फेला पारेको छ।
Discussion about this post