इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा जनताका आधारभूत सेवा प्रवाह गर्न सहजताका लागि सुविधा सम्पन्न आफ्नै भवन बन्दैे छ ।
साविकको गाविस भवनमा पालिकाको कार्यालय संचालन हुदै आएकोमा अव आफ्नै भवन बन्दै गरेको हो ।
बहुवर्षिय योजना अन्तरगत गाउँपालिकाको भवन निर्माण सुरु भएको हो ।
आर्थिक वर्ष २०७७ । ०७८ मा पालिकाको सुविधा सम्पन्न कार्यालय भवन निर्माणका लागि १ करोड ८१ लाख रुपियाँमा ठेक्का लगाएको र लागत अनुसारको काम धमाधम भईरहेको छ । १ वर्षभित्र सम्पन्न गर्ने गरि ठेक्का पाएको छत ढ्लानको तयारी भइरहेको उपरा कन्स्ट्रक्सन कठहरीले जेठ भित्रमा काम समपन्न गर्ने जनाएको छ ।
बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले १ तल्ले भवनमा निर्माण ठेक्का पाएका ठेक्केदारले पहिलो तल्लासम्मको काम सम्पन्न गरेको खण्डमा कार्यालय जेठ भित्रमा आफ्नै भवनमा संचालन गर्ने तयारी गरेको बताए ।
चौधरीले छत ढलानको काम भएकाले निर्माणको कामले गती लिने र बैसाखसम्म एक तल्लासम्मको काम सक्ने दावी गरे ।
चौधरीले आफ्नै कार्यकालमा कार्यालयको भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यहाँको साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाल भवन अभावमा कोचिएर जोखिमपूर्ण काम गर्दै सेवा प्रवाह भईरहेकोमा भवन निर्माण भएपछि सहज हुने अध्यक्ष रघुनन्दन चौधरीको भनाई छ ।
पालिकाको भवन निर्माण कार्यले गती लिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख प्रशासयिक अधिकृत उमेश घिमिरेले बताए ।
भवन अभावलाई मध्यनजर गरी भवन निर्माणको ठेक्का लगाएको लेखा अधिकृत विशेष गोतमले जनाकारी दिए ।
Discussion about this post