इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ मा बिन्दा सामुदायिक बालविकास केन्द्रको भवन निर्माण हुने भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालय चिरौली, सुनसरी र भोक्राहा नरसिंह गाउँपालिका ६ नं. वडा कार्यालयको संयुक्त लगानीमा भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित बिन्दा सामुदायिक बालविकास केन्द्रको भवन निर्माणका लागि बिहिबार एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता र भोक्राहा नरसिंह ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाबाट बिनियोजित १५ लाख र तराई मधेश समृद्धी कार्यक्रमबाट २५ लाख गरी ४० लाखको लागतमा वडा नम्बर ६ मा सामुदायिक भवन बन्न लागेको प्रमुख प्रशासकिय अधिकृत मेहताले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख प्रशासकिय अधिकृत मेहताले भवन निर्माण तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । उनले यो भवन निर्माणका क्रममा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।
वडा अध्यक्ष राजेश्व प्रसाद साहले भोक्राहा नरसिंह ६ नं. वडामा सामुदायिक भवनको अभाव रहेकोले यो भवन निर्माण गर्न लागिएको बताए ।
जल्पा निर्माण सेवा भोक्राहा नरसिंह ५ ले ४० लाखको लागतमा ठेक्कापारी कार्यक्रम हल सहित ३ कोठाको सुबिधा सम्पन्न बिन्दा सामुदायिक बालविकास केन्द्रको भवन निर्माण निर्माणका लागि शिलान्यास गरी निर्माण कार्य सूरु गरेको हो ।
Discussion about this post