सुरेन्द्र मेहता – इनरुवा । नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यावस्थापन समिति गठन प्रक्रिया पहिलेको भन्दा फरक छ ।
शिक्षा ऐन (आठौँ संशोधन), २०७३ अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ मा रहेको आर्दश आधारभुत विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा रमेश प्रसाद यादव गोला प्रथाबाट विजय भएको हो ।
सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न अभिभावकले आफूमध्येबाट छानी पठाएका दुई महिला सहित चार जना, सम्बन्धित वडा अध्यक्ष, संस्थापक, स्थानीय बद्धिजिवि चन्दादाता मध्येबाट एक महिला सहित दुई जना सहित शिक्षक प्रतिनिधि र प्रधानाध्यापक रहेको व्यवस्थापन समिति गठन गर्नुपर्ने शिक्षा ऐनमा उल्लेख भए अनुसार गठन गर्नुपर्ने प्रावधान रहेको छ ।
विद्यालयको व्यावस्थापन समितिको अध्यक्ष पदको लागि शुक्रबार भएको चुनावमा दुई जना स्थानीय अभिभावकहरुको उम्मेदबारी परेको थियो ।
विद्यालय व्यावस्थापन समितिको अध्यक्ष पदमा अभिभावक रमेश प्रसाद यादव र राजो यादवको उम्मेदवारी परेको थियो ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका दुबै जनाको समान मत आएपछि गाउँले समेत चकित भएको थियो ।
उम्मेदवार दुवै जनालाई चार – चार मत आएको र एक मत बदर भएको विद्यालयले जनाएको छ ।
नौँ मत मध्ये एक निर्णयक मत बदर भएपछि गोलाप्रथाबाट अध्यक्ष पदको टुगाें लागेको हो ।
Discussion about this post