सप्तरी – बलत्कारको घटना पनि रोचक रोचकको सुन्न पाईन्छ । धेरै जसो छरछिमेकबाट सुने पनि सप्तरीमा बुवा, छोरा र ज्वाइँ मिलेर गरेको सामूहिक बलात्कार भएको छ । सामुहिक बलात्कारको घट्नाका एक अभियुक्त बिहीबार पक्राउ गरेका हुन् ।
प्रहरीका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको हो । सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाका अनुसार घरमै लुकिछिपी बसेका उनलाई प्रहरी चौकी को बर्साइनको टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनलाई अभियानका साथ खोजतलाश गर्ने क्रममा मुखिया घरबाटै पक्राउ परेको एसपी धमलको भनाई छ ।
सप्तरीमा पहिलो पटक बुवा, छोराहरु र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटनामा फरार रहेकामध्ये ४३ वर्षीय छोरा श्यामा पक्राउ परेका हुन्।
Discussion about this post