• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सिंचाईमा माफिया उपभोक्ताको हावी

जल उपभोक्ता महासंघको नाममा माफियाहरु हावी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र १६ गते, ११:१९ बजे प्रकाशित
in Uncategorized
सिंचाईमा माफिया उपभोक्ताको हावी
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा सिंचाईको नाममा माफियाहरुको चलखेल हावी भएको पाइएको छ ।

सुनसरी मोरंग सिंचाई आयोजनाको नहरमा पानी नदिई किसानलाई दुख दिएको समाचार बाहिरिएपछि त्यसमा जल उपभोक्ता महासंघको नाममा माफियाहरु हावी भएको रह्ष्य खुलेको छ ।

जल उपभोक्ता महासंघको नाममा महासंघको केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि लाखौँ किसानहरुलाई मार्का पर्ने गरी एकलौटी रुपमा नहर बन्द गरेपछि उनको नजायज कर्तुत बाहिर आएको हो ।

मेहताले दुई दशकदेखी नहरको राजनीतिमा सकृय रहदैँ लाखपतिबाट करोडपति बनेको बनेको बेला अझैँ नपुगेर किसानको पीरमार्का नबुझी आयोजनाको कार्यालय बिराटनगरलाई समेत गुम्राहामा पारी मकैँ, सुर्यमुखी, जुट र तरकारी बालीका किसानलाई मार्का पार्नेगरी सिजनमै नहर बन्द गरेपछि किसान आक्रोशित बनेका छन् ।

मेहताले सुरुमा पञ्चायतको मन्त्र जपेर पद र पहूँचमा पुगेर साझा कामको नाममा व्यक्तिगत स्वार्र्थ पूर्तिमा लिप्त बनेको आरोप सेलाउन नपाउदैँ नेपाली कांग्रेसको सरणमा पुगेर सिंचाईको उपभोक्ता महासंघमा पक्कड जमाउन सफल भएको र हाल २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि एमाले गएका थिए ।

उनले आफ्नो राजनीति देश र जनताको नाममा केन्द्रित रह्ने दाबी गरेपनि पद , पैसा र व्यक्तिगत स्वार्थमा लिप्त भएर काम गरेको आफ्नो असली चरित्र प्रदर्शन गरेको छ ।

मेहता हेर्दा सिधा सोझो र सरल स्वभावको भएपनि आर्थिक रुपमा आफुलाई फाइदा हुने काममा जस्तो सुकै तल्लो स्तरको व्यावहार प्रदर्शन गर्न पछि नहट्ने चरित्रका रहेको उनी निकट पूर्व सहकर्मी एक नेताले बताएको छ ।

कांग्रेसमा रह्दा ठुलाबडा नेतालाई जी, हजुर र हाजिरी गरेर पद जोगाई राखेको जल उपभोक्ता महासंघलाई एमालेमा प्रवेश गर्दा समेत सोही चरित्र दोहोराएर महासंघलाई कमाई खाने भाडोँको रुपमा लिएकाले किसानहरु असन्तुष्ट भएको ती नेताको भनाई रहेको छ ।

मेहताले आफ्नो कमाई खाने भाडोको रुपमा जल उपभोक्ता महासंघलाई लिदाँ लाखौँ किसानहरु वर्षैदेखी मारमा पर्दै आएको इनरुवा वार्ड नं. ६ मधेशाका किसान सत्यनारायण यादवले गुनासो गरे ।

यादवले महासंघका अध्यक्ष रामप्रसाद भन्ने व्यक्ति किसान र पार्टीलाई समेत ठगेर चिरोबाट हिरो भएको दाबी गरे ।

उनले मेहता दशको सम्म कोठे र कागजी रुपमा महासंघको विभिन्न ठाउँमा नेतृत्व गर्दै आएको बेला किसान नहर र पानीको भन्दा आफ्नो व्यक्तिगत स्वार्थ परिवार र सिमित पात्रको लागि मात्रै गरेको आरोप लगाए ।

मेहताले किसानलाई आवश्यक पर्ने बेलामा पानी नदिने, आवश्यक नभएको बेलामा पानी दिएर डुवान गराउने किसानलाई क्षति गर्ने दुख दिने र फेरी सोही नाममा मर्मत संभार गर्ने र सरकारी बजेट दोहन गरेर कमाउने गरेको तथ्य समेत फेला परेको छ ।

मेहताले शंकरपुर शाखा नहर अन्तरगत आवश्यक पर्ने ठाउँमा मर्मत संभार नगरी आफ्नै तरिकाले ठाउँ ठाउँमा कृतिम रुपमा नहर क्षति गरी मर्मत गर्ने र लाखौँ रुपैँया अनियमितता गरेको गौतमपुर क्षेत्रका किसानहरुले दाबी गरेका छन् ।

एक किसानका अनुसार मेहताले पार्टी परिवर्तन गरेपनि गलत धन्दालाई भने कुनै परिवर्तन नगरेको कारण किसानहरुले समस्या झेल्नु परेको छ ।

किसान गोविन्द पोखरेलका अनुसार सुनसरी मोरंग सिंचाई आयोजनाका निर्देशक देखी कर्मचारी सम्मलाई कमिसनको प्रलोभनमा पारी मर्मत संभारदेखी निर्माण सम्म र सरसफाई देखी कुलो कलभर्ट सम्मको काम लिने गरेको मेहताले छोटो समयमा अनियमितताबाटै करोडपति बनेको हो ।

मेहता आफ्नो व्यक्तिगत स्वार्थका लागि धान रोपाईको सिजनमा सफाईको काम गर्ने, मकैको सिजनमा टालटुल सहित कर्भट निर्माण गर्ने र गाहुँको सिजनमा सर्वेको नाममा पानी नदिने गरी अन्याँय गर्ने गरेको पोखरेलको गुनासो छ ।

मेहताले स्वार्थकै कारण नहरको अतिक्रमण हटाउन ध्यान नदिएको , अनावश्यक ठाउँमा काम गरेको फेला परेको छ ।

एक सातायाता इनरुवामा सिंचाईको माग गर्दै आन्दोलन चर्केकोले उनीहरुको फटाही अनुगमन गर्ने क्रममा अनावश्यक ठाउँमा काम गरेको फेला परेको छ ।

मेहताले इनरुवा नगरपालिका वार्ड नं. ९ बवियाको शर्मा टोल र यादव टोल बीचको बविया जल्पापुर खण्डमा प्लाष्टरको काम विशुद्ध अनिमियतता र भ्रष्ट्रचार गर्ने नियतबाट गरेको फेला परेको हो ।

साविक बविया ६ र ४ को बीचमा कुनै क्षति नै नभएको नहरमा प्लाष्टरको काम गरेको फेला परेपछि मेहताको अनियमित नियत प्रष्ट भएको हो ।

यसअघि मेहताले इनरुवा २ को घिनाई मरिकको घर अगाडी पुलमा मर्मतको काम गरेको महिना नबित्दैँ भत्किएको र दश लाख रुपैँया सोही मर्मतको नाममा अनियमितता गरेका थिए ।

त्यसपछि बन्दाबन्दीको बीचमा फेरी भएकै ठाउँमा काम गरेर अनयमितता गरेको मेहता विरुद्धको आरोप सेलाउन नपाउँदै अर्को अनियमितताको कार्यमा मेहता लिप्त बनेको र किसानलाई धोका दिएको इनरुवाका किसान सदानन्द यादवले गुनासो गरे ।

मेहताले शंकरपुर शाखा नहरको रामधुनी देखी देवानगञ्ज सम्मद दर्जनौँ पटक मर्मत संभारको काम र सरसफाईको काम गरेपनि दश वर्ष देखी गौतमपुर दक्षिण तर्फ पानी सिजनमा नपुगेको र वर्षाको बेला बाढी जाने गरी पानी पठाउने गरेको स्थानीय किसान बविता मेहताले गुनासो गरिन् ।

किसान सोमथान खतिवडाले सिजनमा पानी नदिने सिंचाईका कर्मचारी र महासंघका मेहतालाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

अर्का किसान केदार दाहालले किसानले चाहिएको बेला पानी नदिने र नचाहिएको बेला अनावश्यक पानी दिएर डुवान गराउने कार्य गर्ने कर्मचारी र उपभोक्ता समितिलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।

किसान थिर प्रसाद भट्टराईले किसानलाई वेवास्ता गर्ने महासंघलाई समेत कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरे ।

यसैबीच मेहताको एकल कमाउँ धन्दाले किसानलाई क्षति पुगेको भन्दैँ सिंचाईको नाममा भएको भ्रष्ट्राचार र अनियमितताको छानविन गर्र्नुपर्ने , बिना सूचना नहर बन्द गर्नेहरुलाई पहिचान गरी कारवाही गर्नुपर्ने र तत्काल नहरमा पानी दिनुपर्ने माग गर्दै चैत्र १२ गते जिल्ला प्रशासन कार्यालय इनरुवा, सुनसरीमा ज्ञापन पत्र बुझाएको छ ।

Tags: जल उपभोक्तामहासंघको नाममामाफियाहरु हावी

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist