सुरेन्द्र मेहता – इनरुवा । सुनसरीमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८६ वटा बलात्कार र बलात्कार प्रयासको घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांक अनुसार बलात्कारको घटना बढ्दो क्रममा रहेको छ ।
गत वर्ष १२ महिनामा १ सय १० वटा घटना भएकोमा यस वर्ष कोभिडको कारण ८ महिनामै ८६ वटा बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७७-०७८ को साउन देखी फागुन २५ गते सम्म १८ वटा बालत्कार उद्योग र बालत्कार ६८ वटा गरी ८६ वटा घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ ।
प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी विनुमाया बस्नेतका अनुसार बालत्कार र बालत्कार प्रयासका घटना बढ्दौ क्रममा रहेको छ ।
जिल्लामा बालत्कृत हुनेमा १० वर्ष मुनिका ८ जना , १० देखी १४ वर्ष सम्मका १६ जना , १४ देखी १६ वर्ष समूहका १० जना , १६ देखी १८ वर्ष सम्मका १० जना र १८ वर्ष माथी उमेर सम्मका २४ जना गरी ६८ जना रहेका छन् ।
त्यस्तै बालत्कार प्रयासबाट पीडित हुनेमा १० वर्ष मुनिका २ जना , १० देखी १४ वर्ष सम्मका ३ जना , १४ देखी १६ वर्ष समूहका ३ जना र १८ वर्ष माथी उमेर सम्मका १० जना गरी १८ जना रहेका छन् ।
सोही अवधिमा मानव बेचविखन तथा ओसारपोसारका घटनामा १ जना पीडित भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पीडकहरुको अवस्था अधिकांश पक्राउ परेको छ ।
पीडकमा १४ वर्ष मुनिका ६ जना , १४ देखी १६ वर्ष उमेर समूहका २ जना १६ देखी १८ उमेर समूहका १ जना र १८ वर्ष माथीका ७६ जना रहेका छन् ।
त्यस्तै यौन दुरव्यावहार , बाल विज्याइ र बालत्कार उद्योग गर्ने पीडकमा १४ वर्ष मुनिका २ जना र १८ वर्ष माथी उमेर समूहका १५ जना रहेका छन् ।
Discussion about this post