इनरुवा – सुनसरी सदरमुकाम इनरुवामा नेपाल विद्यार्थी संघको आयोजनामा सुनसरी बहुमुखी क्याम्पसमा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको नेतृत्व बिकास एवम् नेपाल विद्यार्थी संघको इतिहासको बारे प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताले विधार्थी नै देशको कर्णधार भएकाले नेतृत्व विकास आवश्यक रहेको बताए ।
कार्यक्रममा नगर प्रमुखले आफू यसै क्याम्पसका पुर्व विद्यार्थी भएको बताउदै विधार्थी शक्ती देशको विकासका लागि आवश्यक रहेको बताए । क्याम्पसमा आयोजना गरेकोमा नेपाल विद्यार्थी संघ सुनसरी क्याम्प इकाईका नेतृत्वकर्ता सेराज हुसेनले पहिलो पटक भएको यस्तो कार्यक्रमले विधार्थी उत्साहित बनेको बताए ।
Discussion about this post