दिपेन्द्र यादव /इनरुवा । संविधान दिवस २०८१ को अवसरमा भोक्राहा नरसिँह गाउँपालिकाले सप्तकोशी न्यूरो अस्पताल र बर्थिङ सेन्टरका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै बिरामीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिरामीहरूको सेवा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समाजप्रतिको जिम्मेवारीको उदाहरण प्रस्तुत गरिएको थियो। अध्यक्ष आजादले आफ्नो सम्बोधनमा संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा व्याख्या गर्दै भने, “गाउँपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य सेवा हो। बिरामीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई टेवा दिन फलफूल वितरण कार्यक्रमले थप प्रेरणा प्रदान गर्नेछ। संविधान दिवसको अवसरमा यस्तो कार्यक्रमले हामीलाई हाम्रो जिम्मेवारी स्मरण गराउँछ।”
बिरामीहरूले संविधान दिवसको अवसरमा आयाेजित फलफूल वितरण कार्यक्रमलाई अत्यन्त मर्मस्पर्शी भन्दै प्रसंशा गरेका छन्। अस्पतालमा भर्ना रहेकोे एक बिरामीले भने, “यो कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ। यस्तो खालको सहयोगले बिरामीहरूलाई मानसिक रूपमा बलियो बनाउँछ।” सप्तकोशी न्यूरो अस्पतालका एक कर्मचारीले भने, “गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आयाेजना गरेको कार्यक्रम प्रति स्वास्थ्य क्षेत्रमा समुदायप्रतिको प्रतिवद्धतालाई थप प्रगाढ बनाएको छ।”
कार्यक्रमले संविधान दिवसको वास्तविक मर्मलाई राष्ट्रिय एकता र सामाजिक सहयोगको सन्देशसँग जोड्न सफल भएको छ। अध्यक्ष आजादले अन्तमा भने, “यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै हामी समुदायलाई अझ बढी सेवा र सहयोग पुर्याउनेछौं।”
उक्त कार्यक्रमले भोक्राहा नरसिँह गाउँपालिकालाई स्थानीय स्तरमा सामाजिक सेवा र एकताको प्रतीकका रूपमा उभ्याएको छ। कार्यक्रममा उपाध्यक्ष सुनिता कुमारी उराँव , कार्यापालिका सदस्य धर्मनाथ भगत, वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी, स्वास्थ्य संयाेजक हिरा शाह, स्वास्थ्यकर्मी सुनिता साह, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल , जुगेशवर यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post