इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी जिल्लाका इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोकाहा गाँउपालिका गरी चार वटा स्थानीय तहहरुमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) द्वारा सुनसरी जिल्ला तहमा प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहि नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न गरेको सामी परियोजनाका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।
सो कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरिक्षक सुभाष भट्टराइ लगायतका सहभागीता थियो ।
कार्यक्रम सामी परियोजनाका जिल्ला कार्यक्रम अधिकृत देवनारायण चौधरी (डीएन) सहजीकरण गरेका थिए ।
Discussion about this post