इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातीको गहुँको बाली लगाएको छ । नयाँ प्रजातीको गहुँ विश्वको एक प्रमुख अन्न बाली भएको र त्यसमा पनि कालो रगंको सुगर फ्रि क्लाक गहुँ लगाएको हो ।
मेहताले गहुँ पनि अनेक थरीको हुने गरेको आफूलाई सुरुमा सनदा अच्चम लागेपनि भारतको इन्दोरमा रहेको साथीबाट गएको बैसाखमा १ सय ४० केजी कालो गहुँको विउँ ल्याएर कार्तिकमा ४ विघा खेतमा छरेर प्रति विघा ७० मन उत्पादन गरेको बताए । उनले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीहरुबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक गहुँ ल्याएको बताए ।
उनका अनुसार केही वर्ष अघि भारतका एक किसानले नयाँ अनुसान्धान पछि पत्ता लगाएको कालो गहुँ पहिलो नेपाल ल्याएको हो । मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोर सहित नोपलमा पनि सफल उत्पादन भएको मेहताको भनाई छ ।
मेहताले कालो गहुँको मागको बारेमा नेपाल थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताका बारेमा थाहा भएपछि विस्तार हुने बताए । यस पटक उनले ४ बिघा जमिनमा एक क्विन्टल ४० केजी गहुँ छरेको थियो । उनले ११२ क्विन्टल गहुँ उत्पादन गरेको हो । उनका अनुसार जुन खेतहरूमा सामान्य खेती हुन्थ्यो, तर कालो गहुँको उत्पादन बढेसँगै माग पनि बढेको हो ।
जानकारहरुका अनुसार कालो गहुँमा एन्थोसायनिनको मात्रा सामान्य गहुँको तुलनामा प्रति मिलियन १४९ बढी हुन्छ । योसँग उच्च जिङ्क सामग्री पनि रहेको छ । कालो गहुँमा ईथोसाइनिनको कारण सुगर फ्री हुन्छ । जानकारी अनुसार स्टार्च पनि कम हुन्छ । यस्तो अवस्थामा कालो गहुँको रोटी उपभोग गर्दा मधुमेहका बिरामीहरूलाई फाइदा हुन्छ । कालो गहुँको रोटी खाँदा पाचन क्षमता पनि छिटो बढ्छ ।
उनले यस गहुँको बीज ३६५ रुपियाँ प्रतिकेजीमा खरिद गरेर ल्याएको थियो ।
यसले क्यान्सरका बिरामीलाई फाइदा पु¥याउँछ । कालो गहुँ क्यान्सर रोकथाममा फाइदाजनक हुने विज्ञहरुको दावी रहेको छ । यसले बोसोको मात्रालाई पनि कम गर्दछ, जसले मोटोपन पनि कम गर्दछ ।
Discussion about this post