इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र कोशी गाउँपालिकाको संयोजनामा कोशी गाउँपालिकामा चैत ३० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रममा दारुल उलुम मदर्शाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवेज आलमले मदर्शाहरु अझै पनि सरकारी उपेक्षा परेको, कक्षा ८ माथि मुस्लिम छात्राहरु पठन नपाएको, सरकारले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने भने पनि प्रयाप्त नदिएको र मदर्शामा ल्यसको कुनै कार्यक्रम नआएको , शिक्षकहरुमा पेशागत नैतिकताको अभाव देखिएको गुनासो तथा प्रश्न राखेका थिए ।
आलमले सामुदायिक विद्यालयका छात्रालाई एक पटक महिनावारी हुँदा एउटा मात्र प्याड दिने गरेको र त्यसपछि नदिएको गुनासो गरे । सरकार स्वास्थ्य संस्था र विद्यालयमा बजेट बढेर आएपनि गुणस्तरमा कुनै सुधार नआएको अर्का सहभागी अभिभावक विद्यान्दन यादवले गुनासो गरे । एकमुष्ट अनुदान पाएका विद्यालयहरुले पारिवारीक रुपमा विद्यालय संचालन गरेको यादवको भनाई थियो ।
त्यसैगरी शिक्षक रामकुमार यादवले विद्यालयमा भौतिक पूर्वाधार अभाव रहेको, स्वास्थ्य सेवा प्रभावकारी नभएको, गुनासो सुनुवाई गर्न गाउँपालिकाले चासो नदेखाएको, बाल समूह गठन गर्ने, जुनियर रेडक्रस सर्कल गठन नभएको र विद्यालयमा सरकारी अनुगमन नभएको गुनासो राख्दैँ अनुमगन बढाउनुपर्ने सुझाव दिए ।
त्यसैगरी अधिकारकर्मी चन्द्रकला नेपालले धेरैजसो सरकारी सूचनाहरु नगरिकसम्म नपुगेको गुनासो गर्नुुहदै स्वास्थ्य संस्था र विद्यालयमा खानेपानीको अभाव, सरसफाईको कमी, शिक्षक र स्वास्थ्यकर्मीको बेवास्ता बढेको गुनासो गरे ।
पत्रकार मुस्ताक आलमले उच्च शिक्षा र मावि पढ्ने विद्यालय गाउँमा नहुदाँ मधेसी तथा मुस्लिम छात्राहरू विद्यालय आउन नसकिरहेको गुनासो गर्दै शिक्षाका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
यस्तै सहभागी हतिमुल्ला मियाँले विद्यालयबाट प्राप्त गर्नु पर्ने छात्रवृति रकम समयमा बालबालिकाहरुले प्राप्त गर्न नसकेको, विद्यालय शान्ति क्षेत्र भनिए पनि राजनीतिक थलो बनिरहेको विषय उठाएको थियो ।
त्यसैगरी प्रधानाध्यापक कन्चन कुमारी यादवले विद्यार्थीको अनुपात र आवश्यकतामा अधारित शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, मावि तहसम्मको शिक्षा निःशुल्क भनिए पनि सामुदायिक विद्यालयमा आकर्षण घटेकाले ध्यान दिनुपर्ने यादवको भनाई थियो ।
सहभागीहरुले स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकीहरूमा परिवार नियोजनका अस्थाई साधनको उपलब्धता, ब्लड प्रेसर जाँच र मधुमेहको जाँच तथा औषधि निशुल्क गराउनुपर्ने माग गरेका थिए ।
सहभागी अजमल नेपालीले राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको नीति लिनुपर्ने सुझाव दिए ।
सरोकारवाला सेवाग्राहीले उठाएका सवालमा स्वास्थ्य शाखा प्रमुख अमिल अख्खतर, पशु शाखा प्रमुख मोहन कुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादव, मानव अधिकार समूहका अध्यक्ष अनिता उराँव, इन्सेकका सहजकर्ता जयकृष्ण यादव, गाउँपालिका उपाध्यक्ष अनिता यादव र वडा अध्यक्ष राजकुमार साह सहितकाले जवाफ दिए ।
उपाध्यक्ष अनिता यादवले स्वास्थ्य, कृषि, पशु र शिक्षाको अवस्था विषयमा गाउँपालिकाले गरेका काम तथा योजनाबारे जानकारी गराउँदै नागरिकहरूबाट आएका सुझावलाई अङ्गिकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले मुस्लिम महिला वा छात्राको मावि तह र उच्च शिक्षाका लागि आफूले वडा अध्यक्षहरुसंग र मोलवि मोलानाहरुसंग समन्वय गरेर कार्यक्रम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यादवले सबै क्षेत्रमा अनुगमन गर्न एकलै सम्भव नभएकाले सरोकारबालाहरुलाई अनुगमनमा सहयोग गर्न र देखिएको समस्याका बारेमा लिखित रुपमा उजुरी गर्न आग्रह गरे ।
कोशी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले सरकारी सूविधा र अनुदान पहँुचका आधारमा मात्रै दिएको गुनासो गर्नुहुदै आवश्यकताको आधारमा सुविधा र अनुदना दिनुपर्ने सुझाव दिए ।
पशु शाखा प्रमुख मोहन कुमार सिंहले गाउँपालिका भित्र चार जनाको दरबन्दी जनशक्तिमा दुई जना मात्रै स्थायी रहेको बताउँदै उपचार र विकासका दुई वडा कार्यक्रम रहेकाले राम्ररी बुझन् सहभागीलाई आग्रह गरे ।
स्वास्थ्य शाखा प्रमुख जमिल अख्खतरले गाउँभित्रका स्वास्थ्य शाखा र स्वास्थ्य चौकीबाट भइरहेका सेवा र कामहरूको जानकारी गराउँदै आएका सुझावहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्यका सवालमा आएको गुनासोलाई सम्बोधन गर्ने तर स्वास्थ्यकर्मीहरु समयसम्म नबसेको सवालमा लिखित उजुरी आए कार्वाही गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गउँपालिकाका १ नम्बर वडा अध्यक्ष राजकुमार शाहले गाउँपालिकावासी र वडाबासीहरूको स्वास्थ्य, शिक्षा, खाद्य र आवासमा देखिएका समस्याहरूलाई समाधान गर्न आफूहरु लागि परेको बताए । कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराई, मानव अधिकार समूह कोशीका अध्यक्ष अनिता उराँव, उपाध्यक्ष श्यामकुमार खंग, सचिव विष्णुकुमार यादव, सहसचिव रिना मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्यहरु पप्पु यादव, मुस्ताल आलम, गिता पौडेल, आरती सदा, गुलावी सुतिहार मुखिया, राजकुमार शर्मा, ब्रजेश यादव र सिकेन्द्र यादव, लगायतकाले पनि सवालहरु उठाएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, वडा अध्यक्षहरु राजकुमार साह, द्रोपती साह, अमिन मियाँ र विन्देश्वर यादव, इलाका प्रहरी कार्यालय लौकहीका मनोजकुमार चौधरी, सशस्त्र प्रहरी वल लौकहीका टिकासुर राई, समाजसेवी दानालाल यादव, वडा सदस्य सदावती देवी राम, सनिचर यादव, समिम अंसारी, गाउँपालिका सामाजिक शाखाका राजकिसोर मेहता, नागरिक समाजका आषिश नेपाल, विद्यानन्द साह, फुलकुमारी शर्मा, ललिता कुमारी साह, पत्रकार लुकमान अंसारी, अजमल अंसारी सहितका ५० बढीको सहभागिता रहेको थियो ।
Discussion about this post