• pradeshpoint
  • Pradeshpoint
Monday, May 11, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पत्रकारको सम्पर्क कार्यालयमा सुकुम्बासी आयोगको बोर्ड

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र ३१ गते, १८:४९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
पत्रकारको सम्पर्क कार्यालयमा सुकुम्बासी आयोगको बोर्ड
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा स्थाप्ना गरिएको नेपाल पत्रकार महासंघको कार्यालयमा भूमिसम्बन्धी समस्या समाधान आयोग (सुकुम्बासी आयोग)को कार्यालय स्थापना गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको सम्पर्क कार्यालयको स्थाप्ना राष्ट्रिय सूचना आयोगका आयुक्त र नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका तत्कालीन सभापति अमर खड्काले गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखा मातहत निकै प्रचार–प्रसारसहित सदरमुकाम इनरुवामा २०७५ पुस १६ गतेबाट सञ्चालन गरिएको उक्त सम्पर्क कार्यालयका सामान हटाएर २०७७ चैत २९ देखि भूमिसम्बन्धी समस्या समाधान आयोग (सुकुम्बासी आयोग)को कार्यालय स्थापना गरिएको छ ।
जिल्ला समन्वय समिति सुनसरी (जिसस)को कार्यालयले सँगै रहेको भवनमा पत्रकार महासङ्घ सुनसरी शाखाको सदरमुकाम सम्पर्क कार्यालय लागि कोठा उपलब्ध गराएको थियो । तत्कालीन समयमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षलाई महासङ्घको इनरुवा सम्पर्क शाखाका रूपमा प्रयोगमा ल्याइएको थियो ।

हालै स्थापना गरिएको सुकुम्बासी आयोगको कार्यालय

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलसहित जिसस सुनसरीका प्रमुख गोपाल राजभण्डारी र नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्काले संयुक्त रूपमा उक्त सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । तर केही दिनपछि नै जिससले आफूहरूलाई कोठाको आवश्यकता रहेको भन्दै पुनः फिर्ता मागेको इनरुवाका पत्रकार अजित झा बताउँछन् ।
‘हामीलाई जिससले अनुदानमा कार्यालय उपलब्ध गराएको थियो,’ झाले भने, ‘हाम्रो पनि आ–आफ्नै कार्यालय भएका कारण त्यहाँ खासै समय दिन सकेनौँ । उद्घाटन भएको केही दिनपछि नै जिससले कार्यालय फिर्ता मागेको थियो ।’
पत्रकार सम्पर्क कार्यालयका लागि जिससले नै फर्निचरलगायत आवश्यक पूर्वाधार उपलब्ध गराएको थियो । पत्रकारलाई दिइएको फर्निचर र संरचना पुनः खोसेर लिएको बारे जिज्ञासा राख्दा पत्रकार महासङ्घ सुनसरीका तत्कालीन अध्यक्ष अमर खड्काले सो कार्यालयमा पत्रकारहरूको सक्रियता कम भएका कारण व्यवस्थापन गर्न नसकिएको बताए । इनरुवामा आफ्नै कार्यकालमा सम्पर्क कार्यालय स्थापना गरिएको भए पनि त्यसलाई व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ ।

इनरुवामा सम्पर्क कार्यालय स्थापना गरेपछि सामूहिक तस्बिर खिचाउँदै पत्रकारहरू

‘मैले पनि आयोगको अफिस बसेको छ भन्नेबारे सुनेको हुँ,’ उनले भने, ‘यसबारेमा बुझ्नेछु । सम्पर्क कार्यालय बन्दै भइसकेको होइन । त्यो स्थानमा अरू कोही आएका हुन् । तर कार्यालयमा पत्रकार साथीहरूको सक्रियता कम भएका कारण म्यानेज गर्न कठिन भएको हो ।’

पत्रकार महासङ्घ सुनसरीका नव निर्वाचित अध्यक्ष जनकऋषि राईले भने आफ्नो पदस्थापना भइनसकेका कारण यस विषयमा केही बताउन नसक्ने जनाए ।

पत्रकारको सम्पर्क कार्यालय थाहा छैन- आयोग

जिससले उपलब्ध गराएको तत्कालीन पत्रकार सम्पर्क कार्यालयलाई आइतबारदेखि सुकुम्बासी आयोगले आफ्नो कार्यकक्ष बनाएको बारे जिज्ञासा राख्दा सुकुम्बासी आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेल त्यहाँ यसअघि पत्रकारको कार्यालय रहेको आफूलाई थाहा नभएको बताए ।
आफूलाई कार्यालय चाहिएकोले जिसससँग आफूहरूले कार्यालयको माग गरेको बताउँदै अध्यक्ष पोखरेलले भने, ‘पहिले यहाँ केको अफिस थियो भन्ने विषयमा म जानकार भइनँ । तर जहाँसम्म मलाई लाग्छ, केही समयदेखि त्यो हल खाली थियो । मान्छे बसेको जस्तो पनि लागेन । अहिले जिससकै अनुमतिमा सरसफाइ गरेर कार्यालय उद्घाटन गरेका हौँ ।’
‘सम्भवतः यसअघिको कार्यालय सञ्चालन नभएरै हामीलाई यो कोठा उपलब्ध गराइएको होला,’ पोखरेलले भने, ‘पूर्वाधार हेर्दा यहाँ धेरै समयदेखि मान्छे नबसेको जस्तो थियो । त्यहाँ इनरुवा २ नम्बर वडा कार्यालयले वितरण गर्न बाँकी राखेका केही सामग्री थिए, तिनैलाई हटाएर हामी बसेका हौँ ।’
नेपाल पत्रकार महासङ्घको धरानमा जिल्ला शाखा कार्यालय रहेको छ । सदरमुकाम बिटमा कार्यरत पत्रकारहरूले इनरुवामा पनि कार्यालय हुनुपर्छ भन्ने माग गर्दै आएका छन् ।

Tags: पत्रकारकोसम्पर्क कार्यालयमासुकुम्बासी आयोगको बोर्ड

Related Posts

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist