इनरुवा । निशान प्रकृति थारु ।
चैत गेलै बैशाख येलै‘।यैलै सिरुवा धाम हौ ‘भौजि चढतै बैल गडी।। ददा बहलमान हौ ।।।। १ बैखाख ,झुम्का । वसन्त ऋतु संगै बैशाख महिनाको आगमन अगाडि थारु समुदायको वस्तीमा खुशीयाली प्रत्येक नयाँ बर्षको जुड शितल तथा सिरुवा पर्वको मेलाले लिएर आउँछ ।
खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ । घर आङ्गनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुलि झै शृङ्गारिन्छ । बयलगाडाको सवारले गाउँको रौनक नै रोमाञ्चक हुन्छ ।
थारु समुदायलाई नेपालको सबभन्दा प्राचिन आदिवासीको रुपमा चिनिन्छ । थारुको आफनै भाषा, संस्कृति, चाडपर्व, साहित्य तथा गीतसंगित छ । परापुर्वकालदेखि प्रकृति पुजक भएर गाउँमा भएको शिराथान लगयात ग्रामथानमा पुजाआजा गर्दैआइरेहको चलन छ । नयाँ सालको सुखद उपलक्ष्यमा आफना परिवारको सुख, शान्ति तथा समृद्धिका लागि परिवारको जेठो सदस्य तथा मान्यजनसँग आशीर्वाद लिने चलनलाई जुड शितल भनिन्छ । यो सिरुवा पर्व प्रत्येक साल बैशाख १ गते मनाउने चलन छ । बैशाख १ लाई जुड शितल पनि भन्ने गरिन्छ । सिरुवा पर्वलाई बैशाख संक्रान्ति भनिन्छ ।
यस दिन सूर्य मेष राशीमा प्रवेश गर्दछ । यस दिन पुर्वमा बसोबास गर्ने थारु समुदायले धुमधामका साथ जुडशितल पर्व मनाउँछन । विहानै उठेर घर, आङ्गन लिपपोत गरी, नुहाई धुवाई गरेर घरको कुल देउतालाई शितल ९पानी० चढाइन्छ । त्यपछि उक्त शितल लिई घरको छानो लगायत घरपरिवारका ठुलाबडाको खुट्टामा चढाई सानाले आशीर्वाद लिने चलन छ । चैत बैशाख हावा हुन्डरीको महिना भएकाले आगलागीको सम्भवना बढी हुन्छ । त्यसैले घरको छानोमा जल छर्किने काम गरिन्छ । जलसहित मान्यजनसँग आशीर्वाद लिनाले शरीरमा रोगव्याधी नलाग्नुका साथै बर्ष भरी उन्नति प्रगति हुने जनविश्वास रहीआएको छ ।
बैशाखको सुरुवातसंगै तराईको थारुवस्ती लगायत शहर बजारमा धुमधामका साथ सिरुवा मेला लाग्ने गर्दछ । मेलामा पौरानिक नौटङकी, नाटक, कुस्ती लगायत देखाउने खेल मनोरञ्जन गर्ने चलन छ । सिरुवा पर्वको धार्मिक, समाजिक, आर्थिक साथै ऐतिहासिक रुपमा थारु प्रतिष्ठाको रुपमा उजागर गरेर संस्कृतिको विकासमा टेवा प¥याउने समेत काम गर्दछ ।
सुनसरीमा प्रख्यात सिरुवा मेलाहरु पञ्चाहैन, उब्धी, कचना, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, इनरुवा, कशंमरान, डुम्रहा, ढोक, बक्लौरी, अन्रामन्ढ, नडहा, चनरमैन मेलाहरु बैशाख भरी यस ठाउँमा धुमधामसाथ लाग्ने गर्दछ । त्यसैगरी सप्तरी, सिरहा, उदयपुर, रौटहत, बारा, पर्सा, धनुषा, चितवन, लगायतका जिल्लामा पनि मेलाहरु लाग्ने गर्छन् । थारु, मैथली, मधेशी समुदायले आ–आफनौ तौर तरिकाबाट धुमधामका साथ सिरुवा तथा जुड शितल पर्व मनाउने गर्छन् । सिरुवाको अर्थ शिर मुल शब्दमा उवा प्रत्यय लागेर बनेको हो । शिरको अर्थ सुरु । उवाको अर्थ साल अर्थात शुरुवात र पहिलो बर्ष बुभिन्छ ।
यस दिन थारुराजा अशुंवर्माको समयमा विक्रम सम्बत शुरु गरिएको थारु विश्लेषक छविलाल चौधरीले जानकारी दिएका छन । उनको भनाईअनुसार सिरुवा पर्व एक आपसमा खुशीयाली र शुभकामना आदान–प्रदान गरी मनाउँछन् । यो पर्व शान्ति, सदभाव तथा एकताको रुपमा थारु समुदायले मनाउदै आइरहेका छन । थारु समुदायले आफनो शिराथानको आधारमा मेला लाउने चलन छ । शिराथानमा आफनो भाकल ९ कौवलापाती० को आधारमा सुपारी, पान, लडु, फुल, घोडाघोडी लगायत खशी, बोकाको बली दिएर पुजा गर्ने चलन पौरानिकालदेखि नै रहिआएको छ । सिरुवा पर्वमा थारु समुदायले विभिन्न परिकार बनाई खाने चलन छ ।
त्यसदिन रोटी, बरी, पापड, ढुङरी, कचरी, पकौडा, दही, दुध लगायत माछामासु खाई आफन्तकोमा गई धुमधामले मेला भर्ने गर्दछन् । बर्ष भरीको आर्थिक अवस्थाको नापजोख पनि गरिन्छ । थारु समुदायले पहिले–पहिले सिरुवा मेलाभरी आफनै भेषभुषामा सजिएर बेलगढीमा सामुहिक रुपमा सिरुवा मेला भर्न जान्थे । गाँउभरी नै रमाइलो हुन्थ्यो । तर अहिले सिरुवा मेलाको रौनकता कता–कता हराई रहेको आभाष हुन्छ । थारु समुदायले पौरानिक संस्कृतिलाई ग्रहण नगर्दा मेला वा व्यापारी केन्द्र जस्तो बनिरहेको छ ।
थारु युवापुस्ताले मौलिक संस्कृति अनुसरण नगर्दा ओझेलमा पर्ने खतरा छ । त्यसैले जबसम्म पहिचान कायम रहन्छ, तवसम्म अस्तित्व जीवित रहन्छ । थारु समुदाय संस्कृति र संस्कारमा निकै धनि छ । यसलाई जोगाउनु प्रत्येक थारुको दायित्व र कर्तब्य हो ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा यस बर्षको सिरुवा मेला कतै नलाग्ने भएको छ । विधिवत रुपमा भिडभाड नगरी पुजा अर्चना मात्रै गर्न पाउने सरकारले निर्देशन दिएको छ । अन्त्यमा सबैमा नयाँ बर्ष २०७८ र सिरुवा पर्वको शुभकामना ।
Discussion about this post