• pradeshpoint
  • Pradeshpoint
Sunday, January 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

थारु समुदायमा जुरशितल र सिरुवा पर्वको रौनकता

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख २ गते, २०:०४ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
थारु समुदायमा जुरशितल र सिरुवा पर्वको रौनकता
21
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निशान प्रकृति थारु ।
चैत गेलै बैशाख येलै‘।यैलै सिरुवा धाम हौ ‘भौजि चढतै बैल गडी।। ददा बहलमान हौ ।।।। १ बैखाख ,झुम्का । वसन्त ऋतु संगै बैशाख महिनाको आगमन अगाडि थारु समुदायको वस्तीमा खुशीयाली प्रत्येक नयाँ बर्षको जुड शितल तथा सिरुवा पर्वको मेलाले लिएर आउँछ ।

खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ । घर आङ्गनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुलि झै शृङ्गारिन्छ । बयलगाडाको सवारले गाउँको रौनक नै रोमाञ्चक हुन्छ ।

थारु समुदायलाई नेपालको सबभन्दा प्राचिन आदिवासीको रुपमा चिनिन्छ । थारुको आफनै भाषा, संस्कृति, चाडपर्व, साहित्य तथा गीतसंगित छ । परापुर्वकालदेखि प्रकृति पुजक भएर गाउँमा भएको शिराथान लगयात ग्रामथानमा पुजाआजा गर्दैआइरेहको चलन छ । नयाँ सालको सुखद उपलक्ष्यमा आफना परिवारको सुख, शान्ति तथा समृद्धिका लागि परिवारको जेठो सदस्य तथा मान्यजनसँग आशीर्वाद लिने चलनलाई जुड शितल भनिन्छ । यो सिरुवा पर्व प्रत्येक साल बैशाख १ गते मनाउने चलन छ । बैशाख १ लाई जुड शितल पनि भन्ने गरिन्छ । सिरुवा पर्वलाई बैशाख संक्रान्ति भनिन्छ ।

यस दिन सूर्य मेष राशीमा प्रवेश गर्दछ । यस दिन पुर्वमा बसोबास गर्ने थारु समुदायले धुमधामका साथ जुडशितल पर्व मनाउँछन । विहानै उठेर घर, आङ्गन लिपपोत गरी, नुहाई धुवाई गरेर घरको कुल देउतालाई शितल ९पानी० चढाइन्छ । त्यपछि उक्त शितल लिई घरको छानो लगायत घरपरिवारका ठुलाबडाको खुट्टामा चढाई सानाले आशीर्वाद लिने चलन छ । चैत बैशाख हावा हुन्डरीको महिना भएकाले आगलागीको सम्भवना बढी हुन्छ । त्यसैले घरको छानोमा जल छर्किने काम गरिन्छ । जलसहित मान्यजनसँग आशीर्वाद लिनाले शरीरमा रोगव्याधी नलाग्नुका साथै बर्ष भरी उन्नति प्रगति हुने जनविश्वास रहीआएको छ ।

बैशाखको सुरुवातसंगै तराईको थारुवस्ती लगायत शहर बजारमा धुमधामका साथ सिरुवा मेला लाग्ने गर्दछ । मेलामा पौरानिक नौटङकी, नाटक, कुस्ती लगायत देखाउने खेल मनोरञ्जन गर्ने चलन छ । सिरुवा पर्वको धार्मिक, समाजिक, आर्थिक साथै ऐतिहासिक रुपमा थारु प्रतिष्ठाको रुपमा उजागर गरेर संस्कृतिको विकासमा टेवा प¥याउने समेत काम गर्दछ ।

सुनसरीमा प्रख्यात सिरुवा मेलाहरु पञ्चाहैन, उब्धी, कचना, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, इनरुवा, कशंमरान, डुम्रहा, ढोक, बक्लौरी, अन्रामन्ढ, नडहा, चनरमैन मेलाहरु बैशाख भरी यस ठाउँमा धुमधामसाथ लाग्ने गर्दछ । त्यसैगरी सप्तरी, सिरहा, उदयपुर, रौटहत, बारा, पर्सा, धनुषा, चितवन, लगायतका जिल्लामा पनि मेलाहरु लाग्ने गर्छन् । थारु, मैथली, मधेशी समुदायले आ–आफनौ तौर तरिकाबाट धुमधामका साथ सिरुवा तथा जुड शितल पर्व मनाउने गर्छन् । सिरुवाको अर्थ शिर मुल शब्दमा उवा प्रत्यय लागेर बनेको हो । शिरको अर्थ सुरु । उवाको अर्थ साल अर्थात शुरुवात र पहिलो बर्ष बुभिन्छ ।

यस दिन थारुराजा अशुंवर्माको समयमा विक्रम सम्बत शुरु गरिएको थारु विश्लेषक छविलाल चौधरीले जानकारी दिएका छन । उनको भनाईअनुसार सिरुवा पर्व एक आपसमा खुशीयाली र शुभकामना आदान–प्रदान गरी मनाउँछन् । यो पर्व शान्ति, सदभाव तथा एकताको रुपमा थारु समुदायले मनाउदै आइरहेका छन । थारु समुदायले आफनो शिराथानको आधारमा मेला लाउने चलन छ । शिराथानमा आफनो भाकल ९ कौवलापाती० को आधारमा सुपारी, पान, लडु, फुल, घोडाघोडी लगायत खशी, बोकाको बली दिएर पुजा गर्ने चलन पौरानिकालदेखि नै रहिआएको छ । सिरुवा पर्वमा थारु समुदायले विभिन्न परिकार बनाई खाने चलन छ ।

त्यसदिन रोटी, बरी, पापड, ढुङरी, कचरी, पकौडा, दही, दुध लगायत माछामासु खाई आफन्तकोमा गई धुमधामले मेला भर्ने गर्दछन् । बर्ष भरीको आर्थिक अवस्थाको नापजोख पनि गरिन्छ । थारु समुदायले पहिले–पहिले सिरुवा मेलाभरी आफनै भेषभुषामा सजिएर बेलगढीमा सामुहिक रुपमा सिरुवा मेला भर्न जान्थे । गाँउभरी नै रमाइलो हुन्थ्यो । तर अहिले सिरुवा मेलाको रौनकता कता–कता हराई रहेको आभाष हुन्छ । थारु समुदायले पौरानिक संस्कृतिलाई ग्रहण नगर्दा मेला वा व्यापारी केन्द्र जस्तो बनिरहेको छ ।

थारु युवापुस्ताले मौलिक संस्कृति अनुसरण नगर्दा ओझेलमा पर्ने खतरा छ । त्यसैले जबसम्म पहिचान कायम रहन्छ, तवसम्म अस्तित्व जीवित रहन्छ । थारु समुदाय संस्कृति र संस्कारमा निकै धनि छ । यसलाई जोगाउनु प्रत्येक थारुको दायित्व र कर्तब्य हो ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा यस बर्षको सिरुवा मेला कतै नलाग्ने भएको छ । विधिवत रुपमा भिडभाड नगरी पुजा अर्चना मात्रै गर्न पाउने सरकारले निर्देशन दिएको छ । अन्त्यमा सबैमा नयाँ बर्ष २०७८ र सिरुवा पर्वको शुभकामना ।

Tags: जुरशितल र सिरुवाथारु समुदायमापर्वको रौनकता

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist