काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक माओवादी केन्द्रले भने बहिस्कार गरेको छ । आफूहरुलाई आधिकारिक सूचना नआएको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो । ‘हामीलाई आधिकारिक सूचना आएन,’ नेता लीलामणि पोखरेलले मकालु खबरसँग भने, ‘सञ्चारमाध्यमले समाचार दिएको भरमा गइन्न ।’
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टी -जसपाका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका सहभागी छन् । बैठकमा जसपा नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी छैनन् ।
बिहान ११ बजेबाट शुरु भएको बैठकमा राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेतासमेत सहभागी छन् । बैठकमा संसद् अधिवेशन अन्त्यलगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।
Discussion about this post