सन्जिता धमला / धरानः सुनसरीको धरान उपमाहानगरपालिकामा सञ्चालन गरिएका विभिन्न बङ्गुर फर्महरूमा पिआरआरएस PRRS भाइरसको सङ्क्रमणका कारण मरेका बङ्गुरहरूको मासु मासु बिक्री वितरण भएको आशङ्का गरिएको छ ।
PRRS -porcine reproductive and respiratory syndrome भाइरसको सङ्क्रमण देखा परेपछि गत फागुन १८ गते देखि धरान ४, ५, ६, ७, १५ र १३ मा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इनरुवाले दिइएको तथ्याङ्क अनुसार गत फागुन १८ देखि वैशाख २ गते सम्ममा ४ सय ८ वटा बंंगुरको मरेका छन् । किसानलाई ५० लाख बढीको क्षति भएको छ । मरेका बङ्गुर बढी गर्भिणी र साना पाठा मात्र २ सय ४७ वटा रहेका छन् ।
गत फागुन १८ गते देखि व्यापक रूपमा फैलिएको सङ्क्रमणबारे हालसम्म पनि धरान उपमाहानगपालिकाका पशु शाखाले धरानवासीलाई कुनै जानकारी नदिनु, यसबारे सचेत नपार्नु, मिडियाकर्मीहरूलाई यसबारे जानकारी नदिनु र सबै फर्म र बङ्गुर पालकहरुकोमा पशु डाक्टर नपुग्नु रोगबारे कुनै जानकारी नदिँदा स्वास्थ्य जस्तो गम्भीर चिजमा लापरबाही भएको धरान–१५ की नमिता राईले गुनासो गरिन् ।
.आफ्नो परिवारमा बङ्गुरको मासु खाने बिरामी भएको भन्दै उनले स्वास्थ्य जस्तो चिजमा खेलबाड भएको छ, कालोबजारी गर्ने, फर्म र मासु पसलेलाई पनि कारबाही हुनु पर्छ’ उनले भनिन् ।
रोग लागेर मरेका बङ्गुर नष्ट गर्नुपर्ने हुन्छ तर धरान उपमहानगरपालिका पशु सेवा शाखाले मरेका बङ्गुरको तथ्याङ्क टिपेर फर्के पछि मरेका बङ्गुरको मासु मिट फ्रेस हाउसमा बिक्री गरेको खुलेको छ। पशु शाखाले मृत बङ्गुर कसरी नष्ट गरिए र कहाँ गरिए भनेर पनि सन्तोषजनक जवाफ दिएको पाइँदैन ।
यसरी बङ्गुरमा सङ्क्रमण देखा परे पछि धरानका मासु पसलहरूमा बङ्गुरको मासुको बिक्री वितरणमा कमी आएको अर्पण मिट फ्रेस हाउसका सञ्चालक प्रेम विश्वकर्माले जानकारी दिए। ’धरानको कालो बङ्गुर’ भनेर चर्चा पाएको कालो बङ्गुरहरू बिक्री हुन छाडेको बङ्गुर फर्मका सञ्चालकहरूको भनाई छ ।
Discussion about this post