श्यामसुन्दर यादव÷सुनसरी । पछिल्लो समय लागु औषध दुरुपयोग तथा ओसार पसार सुनसरी जिल्लाका लागि चुनौतिपूर्ण बन्दै गएको देखिन्छ ।सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्नको लागि लागू औषधको खेती, उत्पादन, निर्माण, खरीद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनीय छ । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धमा यहाँका प्रहरी प्रशासनले ठोस रुपमा रणनिति बनाउन नसक्दा सुनसरीमा यो बिषय चुनौतिपूर्ण बन्दै गएको हो । लागुऔषध समस्या समाधान र नियन्त्रणमा देखिएको चुनौतिको सबालमा प्रहरी प्रशासन गम्भिर नहुनुले दिनप्रतिदिन यसको कारोवार फस्टाउदै गएको हो ।
भारतिय सिमा क्षेत्रबाट ओसार पसार हुने लागु औषध नियन्त्रणका लागि प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको अवस्थामा सुरक्षा निकाय किन मौन रहेको छ । कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसक्नु अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसक्नुले पनि यो समस्या जस्ताको त्यस्तै रहेको पाईन्छ । लागु औषध नियन्त्रण सम्बन्धि कानुनको सफल कार्यान्वयनसँगै रोकथाम प्रयासलाई अगामी दिनमा जनस्तरसम्म पुर्याउन सके केही हद सम्म यो समस्यालाई न्युनिकरण गर्न सकिन्छ । लागु औषध नियन्त्रणमा अब नागरिक समाज, सबै बर्ग र तहले पनि सहयोग गर्न गर्नुपर्ने आवश्यक देखिन्छ । लागुओषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकिय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक हुन्छ । लागूऔषध नियन्त्रणको बिषय राज्यको दायित्व भित्र पर्दछ । लागु औषधको कुलतमा प्राय युवाहरु फसेको पाईन्छ ।
Discussion about this post