• pradeshpoint
  • Pradeshpoint
Wednesday, February 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सहिद आवासीय माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको भन्दै विरोध

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख ७ गते, १८:२५ बजे प्रकाशित
in Uncategorized
सहिद आवासीय माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको भन्दै विरोध
22
SHARES
Share on FacebookShare on Twitter

इटहरी / सहिद परिवारका छोराछोरी पढाउने उद्देश्यले सञ्चालित सहिद आवासीय माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको भन्दै विरोध सुरु भएको छ ।

इटहरी – १९ भवानीपुरमा रहेको सो विद्यालयमा स्थापनाकाल देखीको हिसाबकिताब अपारदर्शी भएको भन्दै स्थानीयले आन्दोलन गरेका हुन् ।

व्यवस्थापन समिति विरुद्ध ज्ञापन पत्र बुझाउँदै स्थानीयले विद्यालयमा तालाबन्दी समेत गरे। भ्रष्टाचार विरुद्ध सङ्घर्ष समिति बनाएर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। लक्ष्मणकुमार राई संयोजक रहेको समितिले विद्यालयमा भ्रष्टाचार देखिएकाले आन्दोलन गर्नुपरेको प्रस्ट पारेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीको नाममा ८० लाख बेरुजु देखिएको कुरा बाहिर आएपछि आफूहरू आन्दोलनमा उत्रिनु परेको संयोजक राईले बताए । नेपाल सरकार बाट बर्षीक आउने ३ करोड २० लाख रुपैयाँको हिसाब समेत लुकाएको कारण आफूहरू सशङ्कित भएको उनको बुझाइ छ।

विद्यालय पछिल्लो समय माओवादी केन्द्रको पार्टी कार्यालय जस्तो भयो

सहिद परिवारका सन्तानको स्याहार तथा शिक्षाको लागी सुरु भएको विद्यालय पछिल्लो समय माओवादी केन्द्रको पार्टी कार्यालय जस्तो भएको उनको आरोप छ । द्वन्द पिडितका सन्तानहरू सकिएपछि धनी महाजन माओवादी नेताका सन्तानले मात्र विद्यालयमा मात्र ठाउँ पाउने गरेको राईले बताए ।

सोही विषयलाई लिएर राई नेतृत्वको समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा निवेदन दर्ता गराइसकेको छ । उनका अनुसार जिल्ला शिक्षा कार्यालय तथा इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखामा पनि निवेदन परेको छ । बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको, एउटा पार्टीको मात्र बोलवाला रहने गरेको, राम्रा भन्दा हाम्रालाई प्राथमिकता दिइएको उनीहरूको आरोप छ ।

संयोजक राई पीडितको नाममा बिचौलियाहरू हाबी भएको बताउँछन्। विद्यालय माओवादीको सिन्डिकेट जस्तै भएको उनको भनाई छ। विद्यार्थीहरूले पनि भ्रष्टाचार छानबिनको माग गरेको छन् ।

व्यवस्थापन समितिले भने स्कुलका प्रधानाध्यापक र लेखापाललाई निष्कासित गर्ने तयारी थालेको छ । बिना जानकारी प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लीलाराज काफ्लेलाई जिम्मेवारीबाट हटाउन खोजिएको देखिएको छ । हालसम्म निष्कासित भएको औपचारिक जानकारी आई नसकेको प्रअ राईले बताए । आफू प्रअ हुनुभन्दा पहिला आर्थिक अनियमितता भएको कुरा बाहिर आएपछि व्यवस्थापन समिति अत्तालिएको उनको भनाई छ ।

भ्रष्टाचारको विषयमा आन्दोलन सुरु भएपछि प्रअ राई र लेखापाल काफ्ले विद्यालय जान छाडेका छन् । माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा पुनः पुरानै अवस्थामा आएपछि राई र काफ्ले ओली समूहको एमालेमै रहेका छन् । माके भन्दा बाहिरका कार्यकर्ता भएपछि निष्कासित हुनुपरेका उनीहरूको दुखेसो छ । विद्यालय परिसरमै नाराबाजी गरेका उनीहरूले प्रअ र लेखापालको पद बहाली हुनुपर्ने माग राखेका छन् ।

इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदीका अनुसार व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्थानीय अभिभावक र प्रअ बीच छलफल भए पनि निकास आउन सकेको छैन । आफूहरू समस्या समाधानको पक्षमा रहेकोले वार्ता बाटै समस्या समाधान गरिने उनले बताए ।

उता व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरीका अनुसार केही कर्मचारी साथीहरू चरित्रहत्यामा उत्रिएको बताउँछन् । आफै प्रअ र लेखापाल हुने र अरूलाई भ्रष्टाचारको आरोप लगाउने काममा लागी परेको उनले बताए ।

“शिवचन्द्र सर र काफ्ले जी ले अनावश्यक सेवासुबिधा लिन खोज्नु भएको थियो । बिचमा केही महिना आफै तलब बढाएर पनि खानुभयो ।,” उनले भने, “मैले बारम्बार त्यसको विरोध गरेर रोकेपछि उनीहरू विद्यालय आउनै छाडे । मलाई भ्रष्टाचारी भन्दै आफै भ्रष्टाचार गर्छन् उनीहरू ।”

Tags: भन्दै विरोधभ्रष्टाचार भएकोमाध्यमिक विद्यालयमासहिद आवासीय

Related Posts

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
Uncategorized

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय...

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist