सुरेन्द्र मेहता – इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा खाना नपाएर कुकुर बाख्रा र भैँसीलाई टोक्ने गरेको बताइएको छ ।
खाना नपाएर कुकुरले भैँसी गोठमा रहेका भैँसीलाई टोकेको भोक्राहा नरसिंह वार्ड नं. ७ का रञ्जित मेहताले जानकारी दिए ।
स्थानीय मेहताका अनुसार खाना नखाएर वहुलाएका कुकुरको झुण्ड अहिले गाउँघरमा दर्जनौँ गाईं भैँसी र बाख्रालाई टोकेर घाइते बनाएको बताए ।उनले भने खेतमा चरनका लागि छोडेको स्थानीय रामआशिष यादवको बाख्रालाई कुकुरले टोकेर समेत सख्त घाइते बनाएको छ ।
चारैतिरबाट कुकुरले घेरेर बाख्राको भुँडी नै निकालेर सख्त घाइते बनाएपछि उपचार गर्दा समेत बाख्रालाई बचाउन नसकिएको मेहताले बताए ।
गाउँ घरमा छाडा रहेका कुकुरले खान नपाएपछि आहारका लागि घरमा पालिएका बाख्रालाई आक्रमण गर्न पल्किएपछि स्थानीयहरु भने चिन्तित बनेका छन् । घरमा पालेका बाख्रा खान आएका कुकुरले रुघेर बस्नुपर्ने अवस्था आएको स्थानीय श्यामकुमार मण्डलले बताए ।
स्थानीय मण्डलका अनुसार बाख्रालाई मात्रै आक्रमण गर्दै आएका कुकुरले केहिदिन अगाडी भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का राजिव मेहताको बाछी र राजकिशोर मेहताको दुधालु भैँसीलाई चारैतिरबाट घेरेर आक्रमण गरेको थियो ।
बाछी र भैँसीलाई आक्रमण गर्ने भुस्यिाहा कुकुरलाई भने स्थानीय युवाहरुले चारैतिरबाट घेरा हालेर कुकुरको ज्यान समेत लिएका थिए ।
सोही गाउँमा आधा दर्जन भन्दा बढी कुकुर वहुलाएको स्थानीय चन्देशवर यादव बताउँछन् ।
स्थानीय यादवका अनुसार वहुलाएको कुकुरले एक घर पलुवा कुकुरको ज्यान समेत लिएको छ ।
घरपलुवा कुकुर बाख्रालाईलाई बचाउन खोज्दा सोही कुकुरलाई आक्रमण गरी ज्यान समेत लिएको उनले बताए ।
Discussion about this post