• pradeshpoint
  • Pradeshpoint
Sunday, May 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

दूध उत्पादनको लागत घटाउन चितवनमा-साइलेज उत्पादन

दैनिक ३० टन साइलेज र दैनिक ५० क्विन्टल धुलो दाना उत्पादन

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख ११ गते, १६:१२ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, स्थानीय खबर
दूध उत्पादनको लागत घटाउन चितवनमा-साइलेज उत्पादन
37
SHARES
Share on FacebookShare on Twitter

कुलप्रसाद काफ्ले
चितवन /  दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुर महानगरपालिका–६ केशरबागस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले साइलेज उत्पादन गर्न थालेको छ। दुधेलो मकै र घाँसको ढोडलाई मेशिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ।

साइलेजलाई मेशिन – साइलेज ब्यालरले नै प्लाष्टिकमा प्याकिङ गर्छ। प्याकिङ गरिएको एउटा साइलेजको तौल एक क्विन्टलभन्दा बढी हुन्छ। यसरी तयार पारिएको साइलेज जाडो याममा ४५ दिन र गर्मी याममा २८ दिनपछि पशुहरुलाई खुवाउन उपयुक्त हुन्छ।

गाई भैंसीका लागि साइलेज पौष्टिक आहार हो। साइलेज खुवाएपछि दूध उत्पादन ३० प्रतिशतसम्म बढेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले बताए।

साइलेज धुलो दाना भन्दा सस्तो पनि पर्न जान्छ। ‘साइलेज खाएपछि गाईले ३० प्रतिशतसम्म दूध बढाएको हाम्रो अनुभव छ’, उनले भने, ‘अहिलेसम्म साढे दुई सय टन भन्दा बढी उत्पादन गरिसेकेका छौँ।’ यहाँ गएको फागुन १ गतेदेखि साइलेज उत्पादन थालिएको हो। पशु आहार उद्योग सञ्चालन कार्यक्रमका लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशले आर्थिक वर्ष २०७६-७७ मा अन्नपूर्णलाई एक करोड रुपैयाँ अनुदान दिएको थियो।

त्यसमा सहकारीले एक करोड ८६ लाख रुपैयाँ थपेर दाना र साइलेज उद्योग सञ्चालन गरेको हो। दाना उद्योगमा धूलो दाना उत्पादन हुने गरेको छ। अन्नपूर्णले दैनिक ३० टन साइलेज र दैनिक ५० क्विन्टल धुलो दाना उत्पादन गरिरहेको छ।

‘दूध उत्पादनमा लागत कम गरी किसानहरुलाई समृद्ध बनाउने उद्देश्यले आहार उद्योग सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘प्रदेश सरकारले दिएको अनुदानलाई एकदमै सदुपयोग गरेका छौँ। कृषि क्षेत्रबाट पनि नाफा कमाउन सकिन्छ भन्ने खालको सन्देश दिन खोजेका छौँ।’ सिन्धुली, दोलखा, काठमाडौँ, कास्की लगायत जिल्लाका किसानहरुले साइलेज खरिद गर्ने गरेको उनले बताए।

अन्नपूर्ण दुग्ध सहकारीमा आबद्ध किसानहरुले साइलेज बनाउनकै लागि २०० विघामा मकै लगाएका छन्। मकै प्रबद्र्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र र अन्नपूर्ण सहकारीबीच सहकार्य भएर मकै खेती गरिएको उनले बताए। ‘किसानहरुले लगाएको मकै किन्दिने सम्झौतामा उहाँहरुकै खेतमा मकै लगाइएको हो’, उनले भने, ‘किसान आफैले काटेर उद्योगसम्म ल्याइदिनुभयो भने प्रतिकिलो ४ रुपैयाँ दिन्छौँ।’

मकैलाई भन्दा प्याकिङ गर्ने प्लाष्टिकलाई बढी मूल्य परेको उनले बताए। सहकारीले किसानसँग दुधे मकैको ढोड बारीबाट प्रतिकिलो तीन रुपैयाँमा खरिद गर्छ। प्लाष्टिकलाई पनि प्रतिकिलो तीन रुपैयाँमा खरिद गर्नुपरेको भन्दै उनले भने–‘उत्पादन मूल्य बढी हुन गयो। ५० पैसा मात्रै हामिले नाफा राखेका छौँ।’

सहकारीले प्रतिकिलो १२ रुपैयाँमा साइलेज विक्री गरिरहेको उनले बताए। लागत घटाएर प्रतिकिलो ९ रुपैयाँमा नै किसानलाई साइलेज विक्री गर्ने कोशिस भएको उनी बताउँछन्। सहकारीको ४०० जना शेयर सदस्य रहेका छन्। सहकारीको डेरीमा ६५० जना किसानहरुले दूध विक्री गर्न ल्याउँछन्। सहकारीको गाई फार्मबाट मात्रै दैनिक तीन सय भन्दा बढी दूध उत्पादन हुन्छ। किसानहरुले दैनिक ७ हजार लिटर भन्दा बढी दूध विक्री गर्छन्।

अन्नपूर्णको फार्ममा ५० देखि १५० वटासम्म गाई पाल्ने गरिएको छ। ‘किसानहरु उन्नत जातको गाई किन्न आइरहनुहुन्छ। फार्ममा गाईहरु थपघट भइरहन्छ’, सहकारीका अध्यक्ष चापागाईले भने, ‘नयाँ नश्लको गाई ल्याउनका लागि हामी आफैँले पनि केही गाई हटाएका छौँ।’

सहकारीको प्रतिघण्टा एक हजार लिटर दूध प्रशोधन गर्ने उपकरण रहेको छ। संकलन गरिएको दूधबाट दही, पनिर, चिज, नौनी घ्युलगायतका दुग्धजन्य पदार्थहरू उत्पादन हुन्छन्। दूध र दुग्धजन्य पदार्थ बिक्री गर्ने सहकारीको नौ वटा गाडी रहेका छन्। सातवटा गाडीले जिल्लाभित्रै बिक्री गर्छन् भने गोरखा र लमजुङ एक÷एक वटा गाडी जान्छन्।

पशुहरूलाई पनि स्वस्थ बनाउँछ

राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज नेपाल चितवनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले साइलेजले गुणस्तरीय दूध उत्पादनसँगै गाई भैंसीहरु पनि स्वस्थ रहने बताउँछन्। अधिकारीले अन्नपूर्णको डेरीमा लगेर दूध बिक्री गर्ने गरेका छन्। साइलेज बनाउनका लागि उनले ७ बिघामा मकै लगाएका छन्।

पराल र भुसाको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँ छ। अफ सिजनमा यसको मूल्य प्रतिकिलो २२ रुपैयाँसम्म पुग्छ। ‘पराल र भुसाभन्दा साइलेज धेरै राम्रो हो। गाई स्वस्थ हुने, दूध बढ्ने र गुणस्तर पनि हुने भएकाले हरेक कोणबाट यो राम्रो छ’, उनी भन्छन्।

अधिकारीले साना ठूला गरी हाल ४६ वटा गाई पालेका छन्। उनले दैनिक २४० लिटर भन्दा बढी दूध उत्पादन गर्छन्। राज्यले किसानहरुको दूध उत्पादन लागत घटाउनेतर्फ ध्यान दिन नसकेको उनी बताउँछन् । ‘लागत अनुसारको दूधको मूल्य नपाउँदा किसानहरु निराश हुनुपरेको अवस्था छ’, उनी भन्छन्, ‘एकाध किसानलाई बाहेक धेरैलाई अझै घाटा छ। कोरोनाले गर्दा पनि दूध उत्पादन र विक्री वितरणमा असहजता आयो।’

सरकारी कम्पनी दुग्ध विकास संस्थान आफैँले दूध होलिडे गर्नु अचम्म लाग्दो कुरा भएको उनी बताउँछन् । ‘राज्यबाट नियन्त्रित संस्थाले किसानको दूध उठाउँदिनँ भनेको छ’, उनी भन्छन्, ‘संस्थान आफैँले दूध बढी भयो दूध लिन्न भनेको छ। यो राज्यको कमजोरी हो कि संस्थानको नेतृत्वकोरु’

Tags: चितवनमादूध उत्पादनकोलागत घटाउनसाइलेज उत्पादन

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist