निश्चल शर्मा – इनरुवा । विश्वव्यापी रुपमा बढ्दै कोभिड १९ को दोश्रो लहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आलोपालो सेवा दिन आज देखी सुरु गरिएको छ ।
बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीहरुको भीडलाई मध्यनजर गर्दै नयाँ नागरिकता तथा नागरिकता प्रतिलिपी सम्बन्धी सेवाहरु देहाय बमोजिमका दिनहरुमा हुने गरी पालिका विभाजन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए ।
आइतबार धरान र इटहरी उपमहानगरपालिकालाई आइतबार , रामधुनी र भोक्राहा नरसिंह गाउँपालिकालाई सोमबार, बराहक्षेत्र र हरिनगर गाउँपालिकालाई मंगलबार, कोशी र देवानगञ्ज गाउँपालिकाका सेवाग्राहीहरुको लागि बुधबार, दुहवी र गढी गाउँपालिकाको सेवाग्राहीहरुको लागि बिहीबार र इनरुवा र बर्जु गाउँपालिकाको सेवाग्राहीहरुको लागी शुक्रबारको सेवा दिने गरि सुचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post