इनरुवा । सुनसरीको ग्रमिण क्षेत्रमा वित्तिय संस्थाका कर्मचारीहरु किस्ता उठाउन विहानै गाउँघरमा पुगेर मान्छे भेला बोलाई किस्ता उठाउने गरेको पाइएको छ ।
सो किस्ता उठाउने काम तत्काल बन्द गर्न सुनसरी प्रशासनसँग देवानगञ्ज गाउँपालिकाका स्थानीयहरुले जोडदार माग गरेका छन् ।
कर्मचारीहरुले गाउँटोलमा समूह बनाएर ऋण तथा बचतको काम गर्दै आएको वित्तिय संस्था तथा लघु बैकंरुका कर्मचारी कोरोना संक्रमण फैलाउने माध्यम बन्ने भएका छन् । कोरोनाको जोखिम उच्च रहेको बेला निर्वाद रुपमा भेला गर्ने, बैठक र किस्ताको नाममा स्वास्थ्य मापदण्ड समेत पुरा नगरी जथाभावकी कर्मचाीहरु ऋण उठाउने गरेकाले स्थानीयमा त्रास पैदा भएको छ । यता सुनसरी जिल्लाभरी नै शनिबार देखी निषेधाज्ञा जारी छ तर यही नियम र निषेधाज्ञाको कुनै पालान भएको देखिएको छैन । प्रशासनले नियम लगाए पनि यसको कार्यन्वयमा भने प्रशासन आफै उदासिन देखिएको छ । जिल्लामा शनिवारदेखी लागु हुने गरि निषेधआज्ञा जारी गरेको छ तर निषेधमा सबै तिर सवै थोक सहज रुपमा नै संचालन भएको देखिन्छ ।
लघुवित्त संस्थामा काम एक जना कर्मचारीले एक दिनमा कम्तिमा ४० देखि ५० जना सम्म ग्रहाक सदस्यको प्रत्यकक्ष सम्र्पममा जाने गरेको देखिन्छ । तर स्वाथ्य मापदण्डको कुनै पालना नभएको सेवाग्रहीहरुले बताएका छन् ।
आमजनतालाई घर भन्दाबहिर नजने भनेर भनिए पनि लघुवित्त संस्थाका कर्मचरी समुदायमा आएर कोरोनाको त्रास बढाएको देवानगंजका स्थानीय विरेन्द्र मेहताले गुनासो गरे । यता देवानगंज, हरिनगर, इनरुवा, झुम्का, इटहरी, लौकही र मधुवन लगायका कार्यक्षेत्रमा संञ्चालित लघुवित्त संस्थाहरु समेत लापारवाही गरिरहेको देखिन्छ ।
Discussion about this post