इनरुवा । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सुनसरीमा पूर्ण निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले आज मध्यारतबाट लागु हुनेगरी बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी गरेको हो । योसंगै आजबाट जोर बिजोर प्रणालिबाट संञ्चालन हुँदै आएको यातायात सेवा पनि पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
कार्यलयमा जारी बैठकले यस अघि ११ बजे सम्म संञ्चालन गर्न दिएको खाद्यलगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समयअवधी १ घण्टा छोट्याइ १० बजे सम्म मात्र संञ्चालन गर्न दिने भएको छ ।
बैठकले अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ ।
Discussion about this post