• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विकास नरुचाउने व्यक्तिहरू भोक्राहा नरसिंहमा सल्बलाउँदै

विकास निर्माण कार्यमा भ्रम पैदा गरी जनतालाई झुक्याउने प्रपञ्च

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख २३ गते, १८:५३ बजे प्रकाशित
in Uncategorized
विकास नरुचाउने व्यक्तिहरू भोक्राहा नरसिंहमा सल्बलाउँदै
435.9k
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव
इनरुवा । अहिलेको युग सूचना प्रविधिको हो । बिवेकशील जनता र चेतनशील नागरिक समाजले यो कुरा बोलेर मात्र हैन, अब व्यवहारमा पनि लागू गर्नुपर्छ ।
यसको लागि आफु परिवर्तन भएर विकास निर्माणको नेतृत्व लिन सक्ने खुबीको प्रयोग गर्नुपर्छ । आजको दुनियाँमा कोहि कसैको कार्यकर्ता भएर हैन, सहकर्मी भएर कुममा कुम जोडेर हातमा हात राखेर सरकारले संचालन गरेको विकास निर्माण कार्यमा हातेमालो गर्नुपर्छ । विकास निर्माण कार्य रोक्न खोज्नु, खोज्ने जो कोही पनि विकास बिरोधी हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको विकास कार्य नरुचाउने व्यक्तिहरू पछिल्लो केही दिनयता सल्बलाउँन थालेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालयबाट संचालित विकास निर्माण कार्यको बिषयमा भ्रम पैदा गरी गाउँवासी जनतालाई झुक्याउने प्रपञ्च अनुसार केही व्यक्तिहरुहरु निहित स्वार्थपुर्तिका लागि सल्बलाउँन थालेका हुन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणमा त्यहाँका केही बौद्धिकवर्ग भनाउँदाहरु बाधकजस्तो भएर उभिएको देख्दा किन ? यस्तो गरिंदै छ ? यसले दिन खोजेको सन्देश के हो ? मनन गर्ने समय आएको छ ।
त्यहाँका जनप्रतिनिधी र कर्मचारी त्यसलाई चिरेर अघि बढ्ने अवस्था देखिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको उत्कृष्ट विकास निर्माणको काम देखेर आतिएका केही विकास बिरोधी व्यक्तिहरुले जनतालाई झुक्याउने प्रपञ्च बनाउन थालेकोले यो गतिबिधीले स्पष्ट हुन्छ । विकासप्रति उदासीन दृष्टिकोण र कार्यकुशलतामा कमी भएका केही व्यक्तिहरुले विकास निर्माणको कार्य रोक्न खोज्नु बिडम्बनाको बिषय हो ।
अरुलाई एउटा औलाले प्रश्न गर्दा चार वटा औला आफै तिर फर्केका हुन्छन भन्ने कुराको हेक्का राख्न जरुरी देखिन्छ । निश्चय नै कतिपय साँच्चिकै इमानदार र कर्तव्यपरायण कर्मचारीहरू पनि हुन्छन्, तर उनीहरूलाई सम्बन्धित उच्च तह वा सहयोगी कर्मचारीबाट पनि मद्दत मिल्दैन र उनीहरूलाई या त सरुवा गरिन्छ वा बर्खास्त गर्न खोजिन्छ ।
यसले गर्दा विकासको लागि निकासा भएको रकमको ठूलो भाग खर्च हुन पाउँदैन र विकास कार्य कुण्ठित हुन्छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालयमा अहिले भिजनवाला, विकासप्रेमी प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता आएका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा काम गरि रहेका अहिलेका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहतालाई भिजनवाला र विकासप्रेमी किन ? भनिएको होला भनेर धेरैको जिज्ञासा हुन सक्छ । यो जिज्ञासा जो जससँग छ, पुष्टीका लागि रामचरित्र मेहता इनरुवा नगरपालिका र बर्जु गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहँदाको समयमा गरेको विकास निर्माणको निरिक्षण गरे हुन्छ । बर्षोदेखी ओझेलमा पर्दै आएको भोक्राहा नरसिंह गाउँपालिकाको विकास निर्माणले छोटो समयमै गति पाउनुपनि यसको प्रमाण हो । भोक्राहा नरसिंहमा ५० औं बर्ष देखी हुन नसकेको ग्रामिण सडकहरु अहिले कालोपत्रे हुने अवस्थामा पुगेको छ । थुप्रै कृषि सडकहरु निर्माण भएको छ । किसानको खेत–खेतमा सिंचाई सेवा पुर्याउने गरी सिंचाई योजना संचालन हुदैछ । २० औं बर्ष देखी जिर्ण अवस्थामा रहेको वडा कार्यालयहरुको भवन निर्माण हुने क्रम सूरु भएको छ । भाडाको घरबाट संचालन हुँदै आएको गाउँपालिकाको कामकाज अब आफ्नै प्रशासनिक भवन निर्माण गरी त्यहाँबाट संचालन गर्ने तयारी भैरहेको छ । साच्चै भन्ने हो, भने भोक्राहा नरसिंह गाउँपालिकामा अहिले विकासको लहर सूरु भएको अवस्था देखिन्छ । तर विकास कार्यमा कहिले चासो र योगदान नदिने त्यहाँका केही विकास विरोधी तत्वहरुले प्रकट गरेको मनसाय र चरित्रको बिषयमा आम भोक्राहा नरसिंहवासी सचेत बन्नुपर्ने देखिन्छ । विकास निर्माण लगायत अन्य कामको बिरोधी कटु आलोचकहरुले जनतालाई ढाँट्ने काम अब पनि गर्नु हुदैन् । विकास र समृद्धिका लागि असल विचार तथा उद्देश्य लिएका मानिसहरुको सहकार्य आवश्यक हुन्छ । त्यसैले विकास निर्माण रोक्ने भन्दा यसरी गरौं भनि सबैलाई जोडेर अगाडी बढ्नु नै विकल्प बलियो हुन्छ की ?

Tags: भोक्राहा नरसिंहमा सल्बलाउँदैविकास नरुचाउनेव्यक्तिहरू

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist