इनरुवा । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारी निर्वाचित भएपछि इनरुवा बस्न थालेको चार वर्ष वितेको छ ।
गाउँपालिकाको जनताको मत लिएर जितेपछि अध्यक्ष अंसारी जनतालाई उपेक्षा गर्दै आफ्नो ठेक्कापट्टामा व्यस्त बनेको र सरकारी गाडीमा सयर गरेर इनरुवाको घरमा बस्न थालेपछि लगातार ४ वर्ष देखी उनको विरोध भइरहेको छ । तर अध्यक्ष अंसारीले सत्ता शक्ति र केही पाल्तु सहयोगीहरुको घेरा बीचमा अनियमिततामा लिप्त रहेका छन् । अंसारी निर्वाचित भएपछि झण्डै ७० लाख बढीको गाडी किनेर जिल्लाकै विलासी गाडीको मौज मस्तीमा लिप्त भए ।
अध्यक्ष अंसारी निर्वाचित भएपछि साना देखी ठुला सबै योजनामा आफ्नो ठेक्का पट्टाका सहकर्मी साथीहरुलाई कोटेशन देखी टेन्डर सम्मको काम दिएर पिसी खाएका छन् भने आफ्नो ठेक्का पट्टा अरु पालिकामा आफ्नो ठेक्का र साइड चलाउने काममा समेत सरकरी गाडीकै प्रयोग गर्दै आएको कोशी गाउँपालिका वार्ड नं. ३ का स्थानीयहरुले गुनासो गरेका छन् ।
अध्यक्ष अंसारीकै मतदाता नामावलीमा नाम रहेको वडाकै वाडावासीहरुले अध्यक्ष अंसारीको अन्यमितता र भ्रष्ट्रचारको बारेमा अवाज उठाएपनि हाल सम्म कुनै कारवाही नहुदाँ टुरिस्ट अध्यक्षको रुपमा इनरुवामा बसेर कोशी गाउँपालिकाको शासन सत्ता चलाएको र सरकारी सम्पती तथा सवारीको दुरुपयोग गरेको एक स्थानीयले दावी गरेका छन् ।
कोशी गाउँपालिका वार्ड नं. ८ का एक सदस्यले अध्यक्ष अंसारी आफ्नो कमी कमजोरी लुकाउन केही पात्रहरुलाई गाउँपालिकाकै बजेट विभिन्न नाममा वितरण गरेर आफ्नो पक्षमा वकालत गर्न लगाएको बताए ।
सोही वडाका एक स्थानीयले आफ्नो कमी कमजोरी लुकाउन अध्यक्ष अंसारीले पत्रकार पालन समेत गरेको दावी गरेका छन् ।
कोशी गाउँपालिका वार्ड नं. १ का एक व्यावसायीका अनुसार अध्यक्ष अंसारीले आफ्नो कमी कमजोरी लुकाउन एक पत्रकारलाई समेत आफ्नो गाउँपालिकाको श्रोतबाटै सुविधा दिएर नराम्रो कामलाई समेत राम्रो भनेर प्रचारवाजी गर्न लगाएको दाबी गरे ।
उनका अनुसार गाउँपालिकामा अध्यक्ष अंसारीले एकलौटी गरेको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गीरीलाई समेत भागबन्डा मिलाएको छ ।
भागबन्डा मिलाउन र सरकारी गाडी देखी बजेट दुरुपयोग गर्न सम्मको काममा अध्यक्ष अंसारी लिप्त भएको आरोप लगाए । यता यस विषयमा कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारीसँग प्रतिकृया लिन खोज्दा उनलाई पटक पटक फोन सम्पर्क गरेपनि फोन उठाएन ।
Discussion about this post