इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विकास विरोधी कार्यको अभियान चलाएको इसराईल मंसुरीले काग्रेंसको नाम जोडेर प्रचारबाजी गर्न लागेको भन्दै पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट नदिएपछि बागी उमेदबार बनेर अन्य दललाई जिताउने काम गरेको भन्दैँ तिन वर्षका लागि कार्वाहीमा राखेको भएपनि हाल सम्म मंसुरीको आधीकारीक कारवाही फुकुवा नभएको बेला पार्टीको बदनाम गर्दै विकास विरोधी काममा लागेको भन्दैँ ध्यानाकर्षण भएको जनाएको छ ।
पर्टीका जिल्ला तथा गाउँ स्तरीय नेताहरुले प्रदेशपाना अनलाइनसँग कुराकानी गर्दै पार्टी बिरोधि काम गरेकोर भन्दैँ मंसुरी माथी थप कारवाहीको लागि रोजा सकिएपछि पार्टीको गाउँपालिका स्तरीय बैठक बोलाएको छ ।
मंसुरीले पार्टी विरोधि गतिविधि गरेको र पार्टीलाई नै वदनाम गर्नेगरी झुठो प्रचारवाजीमा लागेको आरोप सहित उनलाई थप कारवाही गर्न बैठक बोलाएको पार्टी निकट श्रोतले जनाएको छ ।
मंसुरी माथी २०७४ सालको स्थानीय तहमा पार्टी विपरीत र विधान विपरीत काम गरेपछि उनलाई साधारण सदस्य समेत नरह्ने गरी कारवाही गरेकोमा उनी माथी अझैँ सम्म फुकुवा नभएकोमा आफ्नै वडा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ वाट क्रियाशिल नविकरण नभएपछि चोरबाटो बाट भोक्राहा नरसिंह गाउँपालिकाकै वार्ड नं. ५ बाट कसैको नाममाथी टिपेक्स लगाएर आफ्नो नाम पकाले उनको कार्यशैली प्रति थप शंका उत्पन्न भएको एक जिल्ला सदस्यले बताएका छन् । मंसुरीले आफ्नो व्यक्तिगत स्वार्थपुर्तिका लागि संघिय सासंदको समेत बजेट ल्याएर दुरुपयोग गरेको गाउँपालिकासँग आफ्नो सहकारीको नाममा केही रकम हिनामिना गरेको समेत आरोप पार्टीको छ ।
पार्टीले आन्तरीक कुरा भएकाले बाहिर निकाल्न नचाहेपनि उनी निकटकै एक व्यक्तिले बताएका छन् ।
पार्टीमा आफ्नो अस्तित्व नदेखेपछि पार्टी विरोधि र केही नेताको पछी लागेर विकासको काममा अवरोध र कमिसनको लागि लागिपरेको पार्टीका एक नेताले आरोप लगाएका छन् ।
यता जिल्लाका नेता र गाउँ स्तरीय नेताले मंसुरी माथी थप छानविन गर्नुपर्ने बेला आएको बताएको बेला नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ एकाई समितिले हाल मंसुरी काग्रेँसको साधारण सदस्य समेत नरहेको प्रतिकृया दिएको छ ।
मंसुरीले आफ्नो व्यक्तिगत रुपमा केही मिडियाहरुलाई प्रलोभनमा पारेर सस्तो लोकप्रीयताको प्रचारवाजीमा लागेको पार्टीको ठम्याई रहेको छ ।
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”
इनरुवा । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।...










Discussion about this post