भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...
इनरूवा । सुनसरीको दुहबीस्थित फरवार्ड माइक्रोफाइनान्स लघुबित्तले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेकपा एमाले नेतृसमेत रहेकी फरवार्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी छिन् । उनले संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा प्रतिष्ठानलाई सिलिण्डर सहयोग गरेको बताइन् । कोभिड महामारीको बेला अक्सिजन नपाएर धेरै जना मृत्यु भइरहेको कारण संस्थानले सहयोग गरेको उनको भनाई छ । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि यहाँ उपचारमा धेरै विरामीहरु आउने र उनीहरुले उचित सेवा पाउन् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर उपलब्ध गराएको चौधरीको भनाई छ ।उनका अनुसार विराट मेडिकल शिक्षण अस्पताललाई पनि संस्थाले २ वटा अक्सिजन मनिटर गर्ने मेशिन उपलब्ध गराउने भएको छ भने कोशी अस्पतालले पनि २, ३ सय सिलिण्डर माग गरेको तर बजारमा सिलिण्डर तत्काल उपलब्ध नभएको उनले बताइन् । ‘पश्चिममा पनि आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गर्ने तयारी भइरहेको छ । ५० लाख जतिको सामग्रीहरु के कति हुन्छ, सामाजिक उत्तरदायित्व फण्डबाट गछौं,’उनले भनिन् । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सहयोगको लागि आभार प्रकट गर्दै सबै अक्सिजन सिलिण्डर कोभिड १९ अस्पतालमा प्रयोग गर्ने बताए । उनले भने,‘हामीसँग प्लान्ट पनि छ । अक्सिजन कमी हुन दिदैनौं । १०० बेड अस्पतालमा अपुग नहोस् भनेर सबै उपायहरु अपनाएका छौं ।’इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...
इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...
कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८
सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी
कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
Discussion about this post