इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कोरोना भाइरस संक्रमित विरामीहरुको मनोवल उच्च बनाउन जनप्रतिनिधिसँगै राजनीतिकर्मी र कोभिड १९ नियन्त्रण समिति घरघरमा पुगेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ , २, र ४ मा होम आईसोलेसनमा बसेका १८ जना कोरोना संक्रमितहरुको मनोवल उच्च बनाउन र विरामीहरुलाई निराश हुन नदिनका लागि जनप्रतिनिधिसँगै राजनीतिकर्मी र कोभिड १९ नियन्त्रण समिति घरघरमै पुगेर परिवारका सदस्यलाई भेटेर स्वास्थ्य सामग्री सहित वितरण गरिएको छ ।
कोभिड १९ संक्रमित परिवारका सदस्यहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, कोभिड १९ नियन्त्रण समिति भोक्राहा नरसिंह गाउँपालिकाका संयोजक एंव भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का वडाध्यक्ष हारुण अंसारी, वार्ड नं. १ का वडाध्यक्ष ललित कुमार थापा, वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी, भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य संयोजक आलम अंसारी, आर्युवेद औषधालय भोक्राहा नरसिंह गाउँपालिकाका इन्चार्ज गणेश खत्वे, जनता समाजवादी पार्टी भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष महेन्द्र यादव, नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष रामकुमार मेहता लगायतले घरघरमा पुगेर संक्रमितहरुको हौसाला बढाएका छन् ।
उनीहरुले संक्रमित विरामीहरुको घरघरमा पुगेर समाजिक दुरी कायम राख्दैँ एक जना संक्रमित विरामीलाई माक्स २५ पिस, सेनिटाइजर १०० एमएलको एक पीस, प्लेन परासिटामोल टयाब्लेट २० चक्की, च्वानप्रास ५ सय ग्राम, अस्वगन्धा ६० चक्की, निम सावुन ७० ग्रामको १ पीस, त्रिकटु चुर्ण १०० ग्रामको १ पीस, अमृत चिया १ पीस, अम्लकी चुर्ण १०० ग्रामको १ पीस १८ जनाको घरमै गएर वितरण गरेका छन् ।
यता भोक्राहा नरसिंह गाउँपालिका वार्ड १ मा हाल केही घरमा २ देखी ३ जना सम्म संक्रमति बिरामी भेटीएको छ भने थप केही व्यक्तिहरुमा कोरोना भाइसर सँग मिल्दोजुल्दो लक्ष्ण भेटीएको छ । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ मा पनि केही घरमा २ देखी ३ जना सम्म संक्रमित विरामी रहेको र उनीहरु होस आईसोलेसनमा बसेको कोभिड १९ नियन्त्रण समितिका संयोजक हारुण अंसारीले जानकारी दिए ।
Discussion about this post