इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको विभिन्न वडामा कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तरगत ९० बेडको आईसोलेसन संचालन भएको छ । इनरुवा नगरपालिकाले प्रत्येक वडामा आईसोलेसन केन्द्र संचालनको अभियानलाई तिव्र पारेको बेला पाँच वटा वडामा कोरोना संक्रमितहरुलाई राख्नका लागि अक्सिजन सहितको ९० बेडको आईसोलेसन संचालन गरेको हो । नगर प्रमुख राजन मेहताले दिनुभएको जानकारी अनुसार इनरुवा नपा १ नम्बर वडाको रंगशाखा कवर्ड हमा १५ बेड, इनरुवा २ राजाजी रामजी माविमा २० बेड, इनरुवा ३ को सामुदायिक भवनमा १५ बेड, इनरुवा ४ को नयाँ वस पार्क भवनमा २० बेड र इनरुवा ५ को तोयानाथ नवर्दा खतिवडा बहुमुखी क्याम्पसमा २० गरि ९० बेडको आईसोलेसन संचालन भएको छ । इनरुवाका कोही पनि नागरिकलाई अकालमा ज्यान गुमाउन नदिने र कोरोनाबाट बचाउनका लागि सबै खालको सहयोग गर्न तयार रहेको बताउँदै नगर प्रमुख मेहताले संक्रमितहरुलाई औषधी सहितको प्याकेज वितरण र गम्भिर खालका विरामीका लागि धरान र विराटनगरको कोभिड अस्पतालसंग समन्वय समेत गरेको बताए । उनले इनरुवा नगपालिकाले ९० बेडको आईसोलेसन संचालनमा ल्याउनुका साथै जोखममा रहेका र संक्रमति बढी देखिएको वडा तथा टोलमा पीसिआर परीक्षण निःशुल्क रुपमा गर्ने गरी वडाहरुमा स्वाव संकलनको काम पनि जारी रहेको बताए । उनले नगरको पाँच वटा वडामा ९० बेडको आईसोलेसन संचालन गरेको र बाँकी रहेको वडाहरुमा पनि आईसोलेसन निर्माणको काम थालेको बताए ।
नगर प्रमुख मेहताले नगरपालिकाको तीन वडा गाडि र एउटा भाडाको एम्बुलेन्स सहित दैनिक प्रयोगमा रहेको जानकारी दिए । एम्बेलेन्स र गाडी अक्सिजन सहित कोरोना संक्रमितालाई आवश्यक पर्ने औषधी तथा सामग्री प्याकेजको समेत व्यवस्था पनि मिलाएको बताए । उनले सकृय संक्रमिताहरुलाई सेवा पुरयाउने उदेश्यले प्रत्येक वडामा तीन जना स्वास्थ्यकर्मीहरुको टीम बनाई कोभिड रोकथाम तथा नियन्त्रण साथै उनीहरुको अवस्था नविग्रियोस भनेर आवश्यक औषधी सहितको प्याकेज लिएर जनप्रतिनिधि घरदैलोमा पुग्ने अभियान सुरु गरिएको जनाएको छ । संक्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लानका लागि सहयोग गर्ने कार्य समेत नगरपालिकाले नै गरेको प्रमुख मेहताले बताए ।
नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेलले कोरोना संक्रमितको साथमा सिगों नगरपालिका रहेको र थप उपचारका लागि सरकारी अस्पतालमा लान सहयोग आवश्यक परेको खण्डमा नगरपालिकासंग समन्वय गर्न अनुरोध गरेका छन् ।
यसैबीच नगरपालिकाका प्रमुख राजन मेहताले कोडिभ १९ को नयाँ भेरियन्टको प्रभावको बारेमा जानकारी तथा रोकथाम र नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयमा सर्वपक्षिय भेला गरेका छन । त्यसक्रममा नेपाली काग्रेंसका जिल्ला सचिव केदार भण्डारीले नगरपालिकाको काम सन्तोशजनक रहेको र कोरोना परीक्षणको दायरा बनाउनुपर्ने, अस्पतालको अनुमगन गर्नुपर्ने र विपन्न समुदायका संक्रमितलाई प्राथमिकताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
Discussion about this post