देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयुर्वेद औषधालयले कोरोना संक्रमितलाई आयुर्वेदिक औषधीबाट उपचार सुरू गर्ने भएको छ । कोरोना भाईरसको तेस्रो लहर शुरु भएसँगै देवानगञ्ज गाउँपालिकामा संक्रमितको संख्या तिब्र गति लिएको र जोखिमको समेत सम्भावना जटिल बन्दै गएकोले कोरोना संक्रमित विरामीहरुलाई आयुर्वेदिक पद्धतिबाट उपचार गर्न लागेको हो ।
स्वास्थ्य उपचारमा खटिएका आयुर्वेद औषधालय प्रमुख जिवछ पञ्जियार, रामखेलन मेहता लगायतका स्वास्थ्यकर्मीले संक्रमितहरुको पहिचान गरी घर दैलोमा पुगी उपचार गर्दै आएको देवानगञ्ज गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद मेहताले जानकारी दिए । कोरेना सँग लडन र इम्युनिटी पावर पढाउनका लागि अमला चुर्न, अश्बगन्धा चुर्न र सितोपलादी चुर्न औषधि दिएर उपचार गरेको बताए ।
संयोजक मेहताका अनुसार अरु औषधी भन्दा आयुर्वेदिक औषधी निकै प्रभावकारी भएको भन्दै आजबाट संक्रमितहरुको लागि आयुर्वेकिद औषधीबाट उपचार गर्न लागेको जानकारी दिए ।
Discussion about this post