इनरुवा । कोरोना भाइसरको महामारी सँग जुधिरहेको बेला सुनसरीको कोशी गाउँपालिका वार्ड नं. ४ वाट अबैध स्याउ बरामद गरिएको छ ।
सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई छलेर सीमापारी लादै गरेको ठुलो परिमाणको स्याउ बरामद गरिएको हो ।
अबैध रुपमा नेपाल बाट भारत तर्फ लादैँ गरेको २२ कार्टुन स्याउ बरामद गरेको श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुर कुम्याहीले तस्करीको लागि भण्डारण गरेर राखिएको ४ सय ४० केजी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक पूर्ण दाहालले जानकारी दिए ।
प्रहरी निरिक्षक दाहालका अनुसार कोशी गाउँपालिका वार्ड नं. ४ कुम्याहीको इब्राहिमको घरमा स्याउ भण्डारण गरिएकोृ सुचनाको आधारमा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
स्याउ २२ कार्टुन अर्थात अन्दाजी ७० हजार मुल्य बराबरको रहेको जनाएको छ ।
बरामद गरिएको स्याउ सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक माधव पौडेलले जानकारी दिए ।
Discussion about this post