रष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव तथा प्रदेश १ का सह इन्चार्ज देवानन्द मेहताले सबैलाई स्वदेशमै रोजगार दिनुपर्नेमा जोड दिनुभएको छ । मेहताले युवाहरु बेरोजगार भएको र धेरै विदेशीनु परेकोले स्वदेशमै रोजगार सृजना गर्नुपर्नेमा जोड दिदै रोजगार दिन नसकेको खण्डमा बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । वहाँले सोमबार मात्रै युवासंघको प्रदेश १ को सह इन्चार्जको समेत जिम्मेबारी पाएकाले पत्रकारसंग संक्षिप्त प्रतिकृया दिनुहुदै बेरोजगारलाई बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मेहताले शैक्षिक प्रमाण पत्र राखेर २५ लाख रुपियाँसम्म १ प्रतिशत व्याजमा ऋण दिने सरकारले बजेट भाषणमा उल्लेख गरेकाले त्यसको कार्यान्वयनका लागि पनि आफू सकृय भएर लाग्ने बताउनुभयो । वहाँले १६ वर्ष उमेरकालाई पनि मताधिकार प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने, युवाहरुलाई विकास निर्माणको काममा लगाउनुपर्ने, रोजगारको ग्यारेण्टी गर्नुपर्ने , शिक्षामा पनि कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक दिने लगायतका आकर्षक कार्यक्रम ल्याएकाले त्यसमा कार्यान्वयन गर्न पहल गर्ने बताउनुभयो ।
रष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव तथा प्रदेश १ का सह इन्चाज मेहता को हुन् ?
वि.स.२०४७।१०।१५ मा जन्मिनुभएको मेहता बालकालमा शिक्षा र राजनितिकमा रुची राख्ने भएकाले २०६१ सालबाट अनेरास्वीयूको सदस्यता लिएर राजनीतिकमा प्रवेश गर्नुभएको हो । मेहता उच्च शिक्षा अध्ययनसगैं २०६६ सालमा महेन्द्र मोरग क्याम्पसमा इकाई सचिव हुनुहुदै , तत्कालिन मध्यहर्षाही गाविसका गाउँ पार्टी सचिव हुदै नेकपा एमालेको भातृ संस्था रष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव नियुक्त भई २०७८ जेठ १७ गते संघको प्रदेश १ का सह इन्चार्ज बन्नुभयो ।
सरल, शिष्ट र समाज सेवामा समर्पित मेहताले युवाहरुको हकहित र अधिकारको पक्षमा वकालत गर्दै आउनुभएको छ । मेहताले कार्तिक र मन्सिरमा घोषणा भएको निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्न आग्रह गर्दै नागरिकलाई सहयोग अपिल समेत गर्नुभयो ।
Discussion about this post