सुरेन्द्र कुमार मेहता – इनरूवा । मोरङकाे जहादा गाउँपालिकामा भिलेज नेपाल र हातीबन्धा युवा कलवको सहकार्यमा जीवन बचाउ अभियान अन्तर्गत राहत सामग्री वितरण गरिएको छ ।
पालिका वडा न १ ,२ र ३ का अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको हो ।
कोरोना कहरको दोस्रो लहरकोचपेटामा परेका गरिब तथा अति विपन्न परिवारहरुलाई दैनिकी हात मुख जोडने समस्यामा परेका परिवारहरु लाई जीवन बचाउ अभिनयका अभिभावकहरुले जहादा गाउँ पालिकाका ३ वटा वार्डमा राहत सामग्री वितरण गरिएको भिलेज नेपाल संस्थाका अध्यक्ष विष्णु राजवंशीले जानकारी दिइएका छ्न।
उहाका अनुसार वार्ड न. १ मा ५३ , वार्ड २ मा २४ र वार्ड ३ मा १२ लगायत जम्मा ८९ घर परिवारलाई राहत स्वरुपको खाद्यान्न र स्वास्थ सामग्री वितरण गरेको हो।
राहत सामग्री अन्तर्गत दाल , चामल, नुन , तेल,खाने स्वाविन र महामारीबाट बाच्नका लागि स्वास्थ सामग्री माक्स , सेनिटाइजर वितरण कार्यक्रमा सह कार्य हातीबन्धा युवा कल्बले गरिएको संस्थाका अध्यक्ष राजवंशीले बताए ।
जीवन बचाउ अभियानमा आफुहरु लाई मोरङको विराटनगर , जहदा , कटहरी धनपाल पालिकाहरु बाट खबर आएको खण्डमा राहत वितरण गर्ने योजना गरेको सहकार्य संस्थाका अध्यक्ष प्रितम राजवंशीले बताए ।
Discussion about this post